५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नरैनापुरको बजेट ४० करोड ३१ लाख

१ श्रावण २०७५, मंगलवार ०७:३८

साउन १, नेपालगञ्ज | नरैनापुर गाउँपालिकाको गाउँसभाले आर्थिक वर्ष २०७५÷७६ को बजेट तथा कार्यकम पारित गरेको छ । 

गाउँपालिकामा सोमबार सम्पन्न दोस्रो गाउँसभाले नीति तथा कार्यक्रमका आधारमा रु ४० करोड ३१ लाखको बजेट पारित गरेको हो । 

गाउँपालिकाका अध्यक्ष मोहम्मद इस्तियाक अहमद शाहका अनुसार बजेटले पूर्वाधार विकास, गरीबी न्यूनीकरण, शिक्षा, स्वास्थ्य तथा सरसफाइ, कृषिको आधुनिकीकरण, वातावरण संरक्षण, मौलिक संस्कृतिको संरक्षण, सामाजिक सुरक्षा तथा लक्षित कार्यक्रम, सार्वजनिक प्रशासन र सेवा प्रवाह सुधारलाई प्राथमिकतामा राखेको छ । 

पूर्वाधार निर्माणका लागि रु ११ करोड, सौर्य ऊर्जाका लागि रु तीन करोड, स्वास्थ्यमा रु ८२ लाख, कृषि र पशुपालनका लागि रु ६२ लाख, विद्यालयको भौतिक सुधारका लागि रु एक करोड २० लाख र लैङ्गिक समानता तथा समावेशीकरणका लागि रु एक करोड विनियोजन गरिएको छ । 

हरियाली कार्यक्रम 

वन क्षेत्र कम भएको गाउँपालिकामा जिल्ला वन कार्यालयले हरियाली प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ । वन कार्यालयको तथ्याङ्कअनुसार, बाँकेको नेपालगञ्ज उपमहानगरपालिका तथा खजुरा र राप्तीसोनारी गाउँपालिकामा वन क्षेत्र कम छ । 

ती स्थानीय तह क्षेत्रमा हरियाली प्रवद्र्धन कार्यक्रमअन्तर्गत वृक्षरोपण र सचेतीकरण कार्यक्रम सञ्चालन गर्न लागेको जिल्ला वन अधिकृत ईश्वरप्रसाद पौडेलले बताउनुभयो । कार्यक्रमअन्तर्गत निजी वनलाई प्रवद्र्धन र व्यवस्थित गर्ने, नेपालगञ्जको सुर्खेतरोडमा स्थानीय तहको समन्वयमा वृक्षरोपण गर्ने र वृक्ष सुधार, वृक्षरोपण, तथा निजी वन विस्तार गर्ने कार्यक्रम छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता