२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विदेश जाँदा र विदेशबाट फर्कदाँ बोक्न पाउने नगदको सिमा तोकियो, कति बोक्न पाउने ?

२०७५, १ श्रावण मंगलवार १०:४४

साउन १, काठमाडौं । नेपाल राष्ट्र बैंकले  विदेश जाँदा र विदेशबाट फर्कदाँ बोक्न पाउने नगदको सीमा तोकेको छ । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार  नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात मंगलबारदेखि लागू हुने गरी नेपाली रुपयाँ ५ हजार र अमेरिकी डलर पनि ५ हजारसम्म ल्याउन/लैजान सकिने गरी सीमा तोकिएको छ । 

सम्पत्ति सुद्धीकरण निवारण ऐन २०६४ को दफा २९(क)  अनुसार नेपाली नागरिकले कार्गो, कुरीयर, हुलाक वा अन्य माध्यममार्फत रु ५ हजारसम्म वा अमेरिकी डलर ५ हजारसम्म वा सो बराबरको अन्य विदेशी मुद्रा नेपालबाट विदेश लैजान वा विदेशबाट नेपाल ल्याउन सकिने सीमा तोकिएको विभागका कार्यकारी निर्देशक भिष्मराज ढुंगालाले जारी गरेको सूचनामा उल्लेख छ । 

तोकिएको सीमाभन्दा बढी रकम ल्याउने या लैजानु पर्ने बाध्यता भएको खण्डमा मुद्रा विनिमय पत्रको विवरण भन्सार अधिकारी समक्ष र कार्गो, कुरीयर, हुलाक वा अन्य माध्यममार्फत  ल्याउने÷लैजाने भएमा सम्बन्धित कार्गो, कुरीयर, हुलाकसमक्ष सो कुराको उद्घोषण गर्नुपर्ने सूचनामा जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर