२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रु ५० लाखको लागतमा कभर्ड हल बन्दै

२०७५, ६ श्रावण आईतवार ०३:३०

साउन ६, बुटवल (रासस) | रुपन्देहीको सैनामैना नगरपालिकाको पर्सावलमा रु ५० लाखभन्दा बढीको लागतमा कभर्ड हल निर्माण हुन लागेको छ । 

उक्त रकममध्ये रु १० लाख जिल्ला समन्वय समिति र रु १० लाख जिल्ला खेलकुद विकास समिति, रुपन्देहीले प्रदान गरेको कभर्ड हल निर्माण उपभोक्ता समितिका सचिव टीकाबहादुर शाहीले जानकारी दिनुभयो । 

सैनामैना नगरपालिका–३ स्थित पर्सावलमा निर्माणाधीन कभर्ड हलमा ब्याडमिण्डन खेल्नका लागि दुई वटा कोर्ट, टेबुलटेनिस, बास्केटबल र फुटसललगायतका खेल खेल्न सकिने उहाँले बताउनुभयो । डेढ वर्षअघिदेखि निर्माण कार्य शुरु भएको कभर्डहल अझै एक वर्षभित्रमा सक्ने लक्ष्य राखिएको छ । 

“सैनामैना खेलाडी उत्पादनको क्षेत्र र सबैलाई पायक पर्ने स्थान भएकाले नै यहाँ कभर्डहल निर्माण गर्न लागिएको हो” उपभोक्ता समितिका सचिव शाहीले भन्नुभयो । ८० प्रतिशत काम पूरा भएको कभर्ड हलमा ३०० दर्शक अटाउन सक्ने बताइएको छ । 

कभर्डहल निर्माण भएपछि खेलकुदको क्षेत्रमा परिवर्तन आउने विश्वास व्यक्त गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर