Skip to content
Friday, July 17, 2026 Nepali Online Media

खाद्यान्नको चामल महँगो, जनताले किन्दैनन्

By साझासवाल 8 मिनेट पढाइ

पढ्न करिब 4 मिनेट लाग्छ
प्रकाशित:

टेकबहादुर शाही | साउन ७, दुनै (डोल्पा) । हिमाली जिल्ला डोल्पामा सरकारले दिने अनुदानको चामल महगो भएपछि जनताले किन्नै छोडेका छन । दुर्गम तथा हिमाली जिल्लामा सरकारले अनुदानमा नेपाल खाद्यन्नको चामल बितरण गर्ने गरे पनि महगो हुने भएपछि जनताले किन्नै छोडेका छन ।

जापान सरकारले अनुदानमा दिने गरेको जापानी चामलको मुल्य बजारको चामल भन्दा पनि महगो भएपछि जनताले खाद्यन्नको जापानि चामल किन्न नमानेका हुन । प्रतिकेजि ६५ रुपैयामा बिक्रि गर्न केन्द्रले मुल्य निर्धारण गरेपछि महगो भन्दै जनताले किन्न नमानेको नेपाल खाद्यसंस्थान डोल्पाले शाखाले जानकारी दिएको छ ।

जिल्लाको दुनै शाखा,सर्मि डिपो र जुफाल डिपोमा आएको ३५१५ क्वीन्टल जापानि चामल बिक्रि हुन सेकेको छैन । ०७२÷०७३ मा ५० रुपैया प्रति केजिमा बिक्रि भएको जापानि चामल यस बर्ष आएर एकै पटक प्रति केजिमा १५ रुपैया बृद्धि भइ ६५ रुपैयामा पुगेपछि महगो भएको भन्दै जनताले किन्न नमाने पछि बिक्रि नभएको नेपाल खाद्य संस्थान डोल्पा शाखाका प्रमुख हरिप्रसाद जोसिले जानकारि दिए ।

जनताले जापानि चामल किन्न नमाने पछि मुल्य समायोजनका लागि जिल्ला समन्य समितिले आपूर्ति मन्त्रालय र नेपाल खाद्य संस्थानमा पत्राचार गरेको जिल्ला समन्वय प्रमुख शेरबहादुर बुढाले बताए । उनले भने सरकारले जनताका लागि दिएको अनुदानको चामल नै बजारको भन्दा महगो भयो जनताले किन्न सक्दैनन ।

“पहिलो पटक ८ जातको चामल अनुदानमा”

डोल्पामा पहिलो पटक ८ जातको चामल नेपाल खाद्यन्नले बितरण गरेको छ । बजरामा आउने जातको चामल बराबरको गुणस्तर भएको चामल नेपाल खाद्यन्नले बितरण गर्ने गरेको डोल्पा शाखाका प्रमुख हरिप्रसाद जोसिले जानकारी दिए । उनले भने मुल्य अलि महगो छ तर बजारको चामलको भन्दा राम्रो गुणस्तर नेपाल खाद्यन्नले अनुदानमा दिने चामलमा छ ।

हाल डोल्पाको शाखा र डिपोबाट सोना मनसुलि प्रतिकेजी ६० रुपैया,मध्यम ६०,मकावनपुरे ५२,मोटा ५१,जिरा मसिनो ७०,गोरखनाथ ६५ र उसिना ३५ रुपैया प्रति केजीमा नेपाल खाद्य संस्थानले जनतालाइ बिक्रि गर्दै आएको छ ।

सबै जनतासंग महगो चामल किन्नको लागि पैसा नहुने भएकोले जति सक्दो सस्तो चामल रोज्नु परेको स्थानीय धनरुपे कामिले आफनो वास्तवीकता सुनाए । उनले भने छाक टार्नकै लागि खाद्यान्नको चामल किन्नु पर्छ मिठो खाने भए त बजारकै किनै भै हाल्यो नि सबैसंग बजारको र खाद्यान्नको महगो चामल किन्ने क्षमता छैन ।

सरकारले दिने चामल बजारको सरह नै भयो हामी जस्ता गरिबको लागि सरकारले दिने र बजारको चामलमा कुनै परक छैन धनरुपेले थपे । जतिनै जातका चामल दिएपनि महगो भएपछि कागलाइ बेल पाक्यो हर्ष न बिष्मात जस्तै हो उनले दुख ब्यक्त गरे ।

“७ हजार ४९१ क्वीन्टल चामल ढुवानी हुन सकेन”

डोल्पा जिल्लाको लागि आर्थिक बर्ष ०७४/०७५ मा २४हजार २ सय क्वीन्टल चामल ढुवानी हुनु पर्नेमा १६ हजार ७ सय ९ क्वीनटल मात्र ढुवानी भएको छ । नेपालगञ्ज,दाङ,सुर्खेत र जुम्लाबाट ३ वटा ठेकेदारले डोल्पाको लागि ढुवानी गर्ने जिम्मा लिएपनि आर्थिक बर्ष सकिन लाग्दा समेत ढुवानी पुरा गर्न सकेका छैनन ।

यातायातको समस्या सडक् जोखिम र खच्च्डबाट ढुवानी गर्नुपर्ने बाध्यता रहेकोले ढिलाइ हुने गरेको ईन्द्रदिप क्न्सट्रक्सन,सिद्धार्थ ढुवानी सेवा र ओमजयदुर्गे ढुवानी सेवाको दावी रहेको छ । यता जिल्लामा ढुवानी भएको चामल भने जनताले सरकारले महगो दररेटमा बिक्रि गर्न खोजेको भन्दै लिन मानेका छैनन ।

महगो नै भएपनि दैनिकी चलाउन जनताले अन्य जातको चामल खाद्यसंस्थानबाट खरिद गरि रहेका छन । हाल जिल्लामा ढुवानी भएको चामलमा १२६९ क्वीन्टल चामल मात्र मौजात रहेको त्यस मध्य लगभग १२ सय क्वीन्टल जापानी चामल नै रहेको नेपाल खाद्यसंस्थान शाखा कार्यालय डोल्पाले जानकारी दिएको छ ।

जापानी मात्र नभएर सरकारले अनुदानमा दिने सबै जातका चामलको मुल्य महगो भएको कारण समायोजन हुने पर्ने माग जनताको छ । जनताको लागि अनुदान भन्ने मात्र गरेको तर ब्यापारि शैलिमा चामल जनतालाइ बिक्रि गरेको जनताको आरोप रहेको छ ।