५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मेगा बैंक नवौँ वर्षमा प्रवेश, तीन कर्जा योजना सार्वजनिक

७ श्रावण २०७५, सोमबार १३:५०

साउन ७,काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड नवौँ बर्षमा प्रवेश गरेको छ। नवौँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष भोजबहादुर शाहले संघीय संरचना अनुसार हरेक प्रदेशमा ‘प्रदेश हेडक्वाटर’ स्थापना गरी मेगा बैंकको सञ्जाललाई व्यापक बनाइने जानकारी दिए।


 बैंकले २० करोड रुपैयाँ लगानी गरेर सेयर रजिष्ट्रारको कामका लागि मेगा क्यापिटल लिमिटेड स्थापना गर्ने प्रक्रिया अन्तिम चरणमा पुगिसकेको उनले जानकारी दिए । उनले सेयर ब्रोकरको काम गर्नका लागि कम्पनी स्थापनाको तयारी भएको जानकारी दिए । नेपाल राष्ट्र बैंकले बैंकलाई पनि सेयर ब्रोकरको अनुमतिपत्र (लाईसेन्स) दिने गरि मौद्रिक नीति ल्याएपछि मेघा बैंकले सहायक कम्पनी खोल्न लागेको हो ।

‘हलोदेखि हाइड्रो’सम्म भन्ने नाराका साथ साना मझौला व्यवसाय (एसएमई) र लघुबित्तलाई प्राथमिकतामा दिंदै आएको  बैंकले गत आर्थिक बर्षमा ११ अर्ब ८२ करोड बढेर ६३ अर्ब निक्षेप संकलन गरेको छ। यसैगरी कर्जा प्रवाह पनि करिब ११ अर्ब बढेर ५७ अर्ब २६ करोड पुगेको हो । ग्राहक संख्या ५ लाख रहेको छ । कर्जाको औसत आकार २९ लाख ५५ हजार र निक्षेपको १ लाख २२ हजार रहेको छ । 

स्थापनाको नवौँ बर्षमा आइपुग्दा मेगा बैंकले १०१ वटा शाखा विस्तार गरेको छ । बैंकको  देशभर १४ वटा एक्टेनशन काउन्टर, ११९ वटा शाखारहित बैंकिङ सेवा, २ हजार भन्दा बढी मेगा रेमिट सञ्जाल र ७४ वटा एटीएम छन् । 

तीन कर्जा योजना सार्वजनिक

बार्षिकोत्सवको अवसरमा सिइओ खुञ्जेलीले तीन वटा आकर्षक कर्जा योजनाहरु पनि सार्वजनिक गरिन् । साना तथा मझौला व्यावसायको प्रबर्धनका लागि ‘मेगा साना तथा मझौला कर्जा’, आवास तथा गाडी लिन चाहने मध्यमवर्गीय नेपालीका लागि ‘मेगा घर तथा गाडी कर्जा’ र विभिन्न पेशा व्यावसायमा संलग्नहरुलाई बिनाधितो ऋण प्रदान गर्ने गरी ‘मेगा प्रोफेशनल लोन’ योजना सार्वजनिक गरिएको छ । यी तीन वटै कर्जा योजनाहरु ग्राहकले मेगा बैंकको जुनसुकै शाखाबाट प्रक्रिया सुरु गरेको २४ घण्टाभित्रै निर्णय गरिने र ७ दिनभित्र कर्जा प्रवाह गरिने सिइओ खुञ्जेलीले जानकारी दिइन् ।

सहयोग हस्तान्तरण

मेगा बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत काठमाडौँको महाराजगन्जमा संचालित पौरखी नेपाल र उपल्लो डोल्पाका गरिब तथा जेहेन्दार विद्यार्थी छिरिङ तावा बुढालाई उच्च शिक्षा अध्ययनका लागि १/१ लाख रुपैँया सहयोग गरेको छ। एक सय जना गरिब तथा अनाथ बालबालिकालाई पौरखी नेपालमार्फत शिक्षाको दिने योजना अन्तरगत मेगा बैंकले एक लाख रुपैँया सहयोग गरेको हो । यसैगरी, एसईई सके पनि उच्च शिक्षा अध्ययन गर्नका लागि आर्थिक अभाव झेल्दै आएका डोल्पाका बुढाको पढ्ने सपना पूरा होस् भन्ने हेतुले १ लाख रुपैँया सहयोग गरिएको सिइओ खुञ्जेलीले बताइन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता