२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जनताको गुनासो ‘सडक स्तरीय भएन’

८ श्रावण २०७५, मंगलवार १६:२०

साउन ८ बुधबारे ।  हालै निर्माण सम्पन्न भएको चारपाने–नारायण चोक– जयपुर सडक खण्ड स्तरीय ढंगले निर्माण नभएको स्थानीयले गुनासो गरेका छन् । निर्माण सम्पन्न भए लगत्तै सो सडक ठाउँठाउँमा भत्किएको बताउँदै स्थानीयले सम्बन्धित पक्षलाई जानकारी गराउने बताइरहँदा तत्काल सडकको कमसल तथा भत्किएको ठाउँमा मर्मत गरेको स्थानीयको दावी छ ।

मंगलबार उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधीहरु स्थलगत अवलोकनका क्रममा जाँदा सर्वसाधारणले सो खाले गुनासो गरेको मञ्चका अध्यक्ष धरणीधर पोखरेलले बताएका छन् । सो टोलीले स्थलगत अवलोकनका क्रममा सो सडक खण्डको बुद्धशान्ति क्षेत्रको सडक अवलोकन गरेको थियो ।

अवलोकनको क्रममा सडकका केही ठाउँमा कमसल सामग्रीका कारण बाटो भत्किएको थियो । सो ठाउँका स्थानीय गणेशप्रसाद निरौला, अनन्त नारायण श्रेष्ठ, ठाकुरनारायण श्रेष्ठ, शकुन्तला भट्टराई, सिताराम गौतम, रामकुमार गौतम लगायतले सडक स्तरीय नभएको बताएका थिए । ‘सडक स्तरीय बनेको छैन– स्थानीय शकुन्तला भट्टराईले भनिन् ‘कालोपत्रे भएको केही दिनमा नै कालोपत्रे उक्किए पछि ठेकेदारहरु आएर हत्तपत्त उक्किएको ठाउँ मर्मत गरे ।’ त्यस्तै स्थानीय सिताराम गौतमले अहिले पनि सडकको अवस्था हर्ने हो भने केही ठाउँको कालोपत्रे हातले सहजै निकाल्न सकिन्छ बताए । उनले सो टोलीलाई सहजै हातले कालोपत्रे सडक उक्काएर पनि देखाए । स्थानीयले पटकपटक स्तरीय सडक नबनेको बारे धेरै तिर कुरा उठाए पनि कसैले सुनुवाई नगरेको  जानकारी दिए । सडकको स्तरीयताको बारे निर्माण कम्पनीलाई जानकारी गराउँदा झापाकै नमुना सडक बन्ने बताउँदै एक वर्ष भित्र विग्रिए बनाइदिने बताउने गरेको   जनाए ।


अवलोकनका लागि गएको टोलीले ठाउँठाउँमा सडक अवलोकन गर्दा आफूले प्रयोग गरेको मोटरसाइकल राखेको ठाउँमा मोटरसाइकलको स्टेनले समेत कालोपत्रे गरिएको सडक दबेको थियो । जसले सडकको अवस्था स्तरीय नभएको निक्यौल सो टोलीले लगाउँदै सम्बन्धित निकायमा लिखित जानकारी गराउने जनाएको छ । उपभोक्ता संरक्षण मञ्च बुद्धशान्तिका अध्यक्ष सहित सचिव बेदनिधी न्यौपाने, सहसचिव तिर्थराज पौड्याल, कोषाध्यक्ष देवकुमारी शेर्मा, सदस्य खडानन्द वाग्ले, मनोरथ तिवारी, लक्ष्मी सुवेदी लगायतको टोलीले सो सडकबारे जनगुनासो बढे पछि स्थलगत अवलोकन गरेको थियो । साथै सो टोलीले मंगलबारै बुद्धशान्ति २ को खतिवडा चोकबाट साविक बुधबारे ७ तिर जाने सडक खण्ड तथा आदर्श नमुना सामुदायिक वन बुद्धशान्तिको हाताभित्र लगाइएको विरुवा नर्सरीको पनि अवलोकन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य