५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्रदेश ५ द्वारा बजेट कार्यान्वयनको प्रगति समीक्षामा छलफल जारी

१० श्रावण २०७५, बिहीबार ०२:१७

साउन १०, बुटवल | प्रदेश नं ५ सरकारले गत आर्थिक वर्षको बजेट कार्यान्वयनको प्रगति समीक्षाका साथै चालू आवको बजेट तथा नीति कार्यक्रमको कार्ययोजना कार्यान्वयनका विषयमा मन्न्त्रालयगत छलफल जारी राखेको छ । 

प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आयोजित मन्त्रालयगत प्रस्तुतीकरण कार्यक्रममा प्रदेशका विभिन्न मन्त्रालय तथा प्रदेशसभा सचिवालयसमेतले आव २०७४/०७५ मा तय गरिएका कार्ययोजना, बजेटको कार्यान्वयन र चालू आव २०७५/०७६ को नीति तथा कार्यक्रम, बजेट वक्तव्यमा रहेका नीति तथा कार्यक्रमको कार्यान्वयन कार्ययोजनालगायतका विषयमा आआफ्ना कार्ययोजनाका विषयमा छलफल चलाइरुहेको हो । 

विभिन्न मन्त्रालयले आआफ्नो मन्त्रालयगत प्रस्तुतीकरणमा नीति कार्यक्रमको कार्यान्वयन प्रद्धति, संस्थागत व्यवस्था, ऐन कानून, नियम, निर्देशिकको तर्जुमा वा परिमार्जन गर्नुपर्ने आवश्यकता, जिम्मेवारी तथा समन्वय निकाय र कार्यान्वयनमा आउनसक्ने जोखिमबारे प्रस्तुत गरेका थिए । 

यससँगै मन्त्रालयले मन्त्रालयगत कार्ययोजनाको प्रभावकारी अनुगमन र मूल्यांकनको योजना, प्रतिवेदन र समीक्षा व्यवस्थाका विषयमा समेत प्रस्तुति गरेका थिए । यससँगै मन्त्रालयले स्थानीय तह र निजी क्षेत्रसँगको सहकार्यको विस्तृत खाकासमेत प्रस्तुत गरेका थिए । 

मन्त्रालयगत प्रस्तुतीकरण कार्यक्रमअन्तर्गत सोमबारबाट शुरु भएर साउन १२ गते सम्पन्न गरिने कार्यक्रम रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । 

गत आवको पछिल्लो तीन महिनाका लागि प्रदेश सरकारले करीब रु एक अर्ब बराबरको बजेट प्रस्तुत गरेकोमा कार्यान्वयन पक्ष जम्मा ९ प्रतिशत मात्र रहेको थियो । यस किसिमका सारै कमजोर कार्यान्वयन हुनुमा सरकारका कुनै पनि मन्त्रालयको कार्यान्वयन एकाइ नहुनु र आवश्यक ऐन कानूनसमेत तयार नहुनुनै मुख्य रहेको निष्कर्ष आएको सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार तथा विकासमन्त्री वैजनाथ चौधरीले जानकारी दिनुभयो । 

यस्तै चालू आवका लागि सरकारले सतप्रतिशत कार्यान्वयन गर्ने गरी विषयगत मन्त्रालयले कार्ययोजना तयार गरेकाले चालू आवमा उपलब्धि प्रभावकारी हुने विश्वास सरकारले लिएको समेत उहाँले बताउनुभयो । 

सोमबारबाट शुरु भएको विषयगत मन्त्रालयको प्रस्तुतीकरणअन्तर्गत भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, सामाजिक विकास मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालयको प्रस्तुति सकिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता