२०८२, ५ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बैतडीको पाटन विमानस्थल कालोपत्र गर्ने कार्य अधुरै

२०७५, ११ श्रावण शुक्रबार १०:२६

 विनोद सिंह विष्ट | साउन ११, बैतडी | लक्ष्यअनुसार काम नहँुदा प्रदेश नं ७ को दोस्रो ठूलो बैतडीस्थित पाटन विमानस्थल कालोपत्र गर्ने कार्य अधुरै रहन पुगेको छ । 

गत असारमा सक्ने लक्ष्यसहित निर्माण कार्य शुरु गरिएको विमानस्थलको कालोपत्र गर्ने कार्य अझै सकिएको छैन । गत आवको असार मसान्तसम्ममा कालोपत्र गरिसक्ने लक्ष्यसहित गत भदौमा काम शुरु भएको थियो । कालोपत्र गर्न कात्तिकसम्म कुर्नुपर्ने निर्माण कम्पनी ग्याल्वा च्यामलिंगा जगदम्बा जेभीले जनाएको छ । विमानस्थलमा कटिङ, फिटिङ र सब–बेसको काम सकिएको निर्माण कम्पनीका इन्जिनियर पुरन रावलले बताउनुभयो । 

“असारमा सक्ने लक्ष्य भएपनि बेलाबेला वर्षा भएर कालोपत्र गर्ने काम नसकिएको हो” उहाँले भन्नुभयो – “ठेक्का भइसकेपछि विविध कारण काम समयमै शुरु हुन नसकेर पनि समस्या भएको हो ।” 

अहिलेसम्म विमानस्थलको ७५ प्रतिशत काम सम्पन्न भएको उहाँको दाबी छ । तर, विमानस्थल स्तरोन्नति गर्ने कार्य ५० प्रतिशत मात्रै सकिएको नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक एवं सूचना अधिकारी त्रिलोचन पौड्यालले बताउनुहुन्छ । सार्वजनिक खरिद नियमावली २०६४ अनुसार निर्माण कम्पनीलाई थप ६ महिनाको म्याद दिने गृहकार्य भइरहेको छ । उहाँले भन्नुभयो – “थपिएको म्यादभित्र विमानस्थल कालोपत्र गरिसक्नुपर्नेछ ।”

रु ११ करोड २९ लाखको लागतमा निर्माण भइरहेको पाटन विमानस्थलमा ५९० मिटर लम्बाइ र २० मिटर चौडाइको रनवे कालोपत्र गरिनेछ भने ७० मिटर लम्बाइ र ३० मिटर चौडाइको एप्रोन कालोपत्र गरिनेछ । 

झण्डै दुई दशकदेखि बन्द रहेको पाटन विमानस्थललाई स्तरोन्नति गरी पुनः सञ्चालनमा ल्याउन आव २०७२÷७३ मा सरकारले बजेट विनियोजन गरेको थियो । सोहीअनुसार दुई वर्ष अगाडि विमानस्थल सञ्चालनका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार पारिएको थियो । डिपिआरअनुसार विमानस्थललाई स्तरोन्नति गर्न ठेक्का आह्वान गरेर काम शुरु गरिएको हो । यो प्रदेश नं ७ सुदूरपश्चिममा कैलालीको गेटा विमानस्थल पछिको सबैभन्दा ठूलो विमानस्थल हो । 

गएको असारमा सक्ने भनिएको कालोपत्र गर्ने कार्य समयमा नसकिने भएपछि स्थानीय बासिन्दा निराश भएका छन् । विमानस्थल कालोपत्र भई सञ्चालनमा आउने आशमा रहेका यहाँका जनतामा निराशा छाएको स्थानीय कपिल केसीले बताउनुभयो । उहाँले भन्नुभयो – “आर्थिक गतिविधि बढ्ने र पर्यटन प्रर्वद्धन हुने आशामा रहेका नागरिकमा निराशा छाएको छ ।” 

पाटनमा २०३२ सालमा विमानस्थलको निर्माण शुरु भई २०३५ सालदेखि कच्ची मैदानबाट हवाई सेवा शुरु गरिएको थियो । विसं २०५२ मा भने विमानस्थल बन्द भयो । पहाडी जिल्लामा सडक सञ्जाल पुगेको र यात्रु कम भएको कारण देखाएर विमानस्थल बन्द गरिएको थियो । विसं २०५८ मा तत्कालीन माओवादीले टावरमा आगो लगाएर ध्वस्त पारेपछि विमानस्थल अलपत्र परेको थियो । 

पाटन विमानस्थल कालोपत्र भएर सञ्चालनमा आइदिए यस क्षेत्रको धार्मिक पर्यटनको समेत विकास हुने धेरैको विश्वास छ । विमानस्थलको सञ्चालनले भारतीय पर्यटक भित्र्याउन मद्दत पुग्ने र पर्यटन व्यवसाय फस्टाउने स्थानीयवासी दिनेश विष्टको भनाइ छ । 

नेपाल सरकारले घोषणा गरेको दश नमूना शहरमध्येको एक शहरमा पर्ने पाटनमा विमानस्थल सञ्चालन हुन सके यो क्षेत्र एक पर्यटकीय गन्तब्य बन्न सक्छ । 

प्रदेश नं ७ (सुदूरपश्चिम) को पहाडी जिल्ला बैतडी, दार्चुला, डडेल्धुरा र बझाङको मध्यभागमा पर्ने पाटन बैतडीको ‘मिनी’ सदरमुकामको रुपमा परिचित छ । यहाँ नेपालकै गहिरो गुफा पत्ताल भुमेश्वर, उदयदेव मन्दिर, त्रिपुरासुन्दरी, निङ्गलाशैनी मन्दिर, ईश्वरी गंगाधाम, मेलौली भगवती मन्दिर, दोगडाधाम, रौलाकेदार मन्दिर, सिगासधाम लगायतका धार्मिक स्थलहरु छन् । 

विमानस्थल सञ्चालन आए बैतडीसहितका जिल्लाको धार्मिक पर्यटकीय क्षेत्रहरुको महत्व बढ्ने तथा सुदूरपश्चिमका जनताको जीवनस्तरमा परिवर्तन आउने स्थानीयवासी कपिल केसी बताउनुहुन्छ । भारतसँग सीमा जोडिएकाले भारतीय पर्यटकसमेत भित्र्याउन सकिने उहाँको विश्वास छ । 

दार्चुलाको अपि हिमाल र बझाङको साइपाल हिमाल यस क्षेत्रका थप आकर्षण हुन् । 

यस विमानस्थलका कार्यालय भवनहरु द्वन्द्वकालमा ध्वस्त पारिएको थियो । दुई दशकसम्म सञ्चालन नभएर गौचरन, खेलमैदान र सवारी चलाउन सिक्ने मैदानमा परिणत भएको यो विमानस्थललाई पुनः सञ्चालनमा ल्याउने प्रयास हुनु खुशीको कुरा हो । थप विलम्ब नगरी यो विमानस्थललाई सञ्चालनमा ल्याउन सकिए सुदूरपश्चिमकै चौतर्फी विकासमा टेवा पुग्ने निर्विवाद छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध