५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मंसिरबाट सर्टिफिकेट धितोमा राखेर ऋण, यसरी पाइन्छ ऋण

१५ श्रावण २०७५, मंगलवार १५:५७

साउन १५, काठमाडौँ | सरकारले शैक्षिक बेरोजगारहरुका लागि यसै आर्थिक वर्षबाट शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर ५ प्रतिशत व्याजदरमा ऋण दिने भएको छ । यसका लागि अर्थ मन्त्रालयले कार्यविधिको मस्यौदा तयार गर्दैछ ।

यस बर्षको बजेटमै अधिकतम् ७ लाखसम्म ऋण दिने भनिएकाले यही सीमाभित्र रहेर शैक्षिक योग्यताअनुसार ऋणको प्रबन्ध गरिनेछ । त्यस्तै बजेटमा सर्टिफिकेट धितो राखेर ऋण लिनेले ५ प्रतिशत ब्याजदरमा ऋण लिन पाउने घोषणा गरेको छ ।

सर्टिफिकेट धितोमा राखेर ऋण लिनको लागि प्रक्रियाको लागि कार्यविधि बन्दैछ । ऋण लिनका लागि शैक्षिक प्रमाणपत्रका साथै ऋणीको नागरिकता लगायत पनि धितोस्वरुप राख्नुपर्नेछ । धितो राखेपछि मात्रै ऋण पाइनेछ । ऋण लिने युवाले आफुले गर्न लागेको स्वरोजगारको व्यवसायको योजना पेश गर्नुपर्नेछ । व्यवसाय गर्ने आवेदन मध्ये उपयुक्त व्यवसायिक योजनालाई छानेर बैंकले ऋण दिनेछ । ऋण लिएका युवाहरुले अनिवार्य रुपमा उद्योग-व्यवसाय सञ्चालन गर्नुपर्ने हुन्छ । साथै लगानी सुरक्षाका लागि बिमा कम्पनीमार्फत व्यवसायको बिमा पनि अनिवार्य रुपमा गराउनु पर्छ । 

ऋण दिने कार्यविधि अनुसार ऋण दिने र लिने दुवैलाई सुरक्षित गराउने योजना छ, जस अनुसार ऋण लिने तथा दिने दुवै सुरक्षित हुनेछन । 

राज्यले यसरी दिने ऋण कसैले नतिरेमा राज्यले दिने विभिन्न सुविधा खोस्नेछ । जसमा पासपोर्ट बनाउन नपाउनेदेखि भोटिङ अधिकार समेत नदिनेसम्मको कारवाही हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता