५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्राइम लाइफ इन्स्योरेन्सले ल्यायो यस्तो बिमा उपहार, एउटा खरिद गर्दा अर्को सित्तैमा

१८ श्रावण २०७५, शुक्रबार १२:०३

साउन १८, काठमाडौं। प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले 'प्राइम जीवन बीमा उपहार' नामक नयाँ बीमा लेख बजारमा ल्याएको छ। जीवन उपहार बीमालेख खरिद गर्दा बीमितले त्यतिनै बराबरको थप अर्को जीवन उपहार बीमालेख उपहारका रुपमा सित्तैमा पाउने कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टारार्इले बताए। 

 यसरी उपहार पाएको बीमालेखको बीमा शुल्क तिर्नु पर्दैन। साथै उपहारको रुपमा पाएको बीमालेख बराबरकै बीमाङ्क रकम र बोनस पनि पाउन सकिने भट्टरार्इले जनाए। बजारमा नयाँ नयाँ बीमालेख ल्याउने क्रममा बीमितलार्इ धेरैभन्दा धेरै फाइदा पुर्याउने हिसावले यस्तो बीमालेख ल्याइएको उनले प्रस्ट पारे। 

 यो बीमालेख १६ बर्षभन्दा माथिका नेपाली नागरिकले खरिद गर्न सक्ने कम्पनीले जनाएको छ। साथै बीमालेख खरिद गर्दा बीमाङ्क रकम न्युनतम ५ लाख रुपैयाँदेखि सुरु हुने छ। यदि बीमितले १० लाख रुपैयाँको प्राइम जीवन उपहार बीमालेख खरिद गर्यो भने उसले एक वर्षपछि १० लाख रुपैयाँ बराबरकै अर्को बीमालेख पाउछ। मूल बीमा लेखको बीमा शुल्क तिरेपछि उपहार स्वरुप पाएको बीमालेखको बीमा शुल्क तिर्नु पर्दैन। 

 यदि ३० वर्षको मानिसले बीमाङ्क रकम १० लाख रुपैयाँ बराबरको जीवन बीमा उपहार बीमालेख १६ वर्षमा परिपक्व हुने गरि खरिद गर्यो भने उसले वार्षिक ९१ हजार ६३० रुपैयाँ बीमा शुल्क तिर्नु पर्छ। मूल बीमा लेख र एक वर्ष पछि प्राप्त गरेको उपहार स्वरुप प्राप्त गरेको बीमा लेख एकै दिन परिपक्व हुन्छ। 

 यो बीमा लेख १६ वर्षपछि परिपक्व हुँदा बीमितले बीमाङ्क रकम र बोनस सहित ३२ लाख ५५ हजार रुपैयाँ पाउन सक्छ। यो रकम कम्पनीको बोनस दरको कारणले केहि तलमाथि हुन सक्छ। 

 यदि बीमितको दुर्घटना बीमा समेत लिन चाहेमा ऐच्छिक रुपमा लिन पाउँछ। यस्तो बीमा गर्दा बीमितको मृत्यु भएमा बीमितको परिवारले ५० लाख रुपैयाँसम्मको क्षतिपुर्ती पाउन सक्ने छन्। यदि बीमितको बीमा अवधि नसकिदै मृत्यु भएमा मूल बीमा लेख र उपहारस्वरुप पाएको बीमा लेखको बीमा लेख बराबरको रकम र बोनस पाउँन सक्छन्। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता