२०८२, ५ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

लगानीअनुरुप प्रतिफल स्थिर

२०७५, १९ श्रावण शनिबार १०:३०

राजाराम कार्की | साउन १९, काठमाडौँ | कृषिमा सरकारी अनुदान र वित्तीय संस्थाको ऋण लगानी उल्लेखनीय छ । तर, लगानीअनुरुप प्रतिफल प्राप्त हुनसकेको छैन । 

कृषि विकास मन्त्रालयले आव ०७३।०७४ मा रु १० अर्ब ७८ करोड अनुदान र कृषि बिकास बैंकले २०७५ असारसम्म रु एक खर्ब ३४ अर्ब ३२ करोड लगानी गरेको छ । कृषि विकास बैंक सरकारको ५१ प्रतिशत लगानी रहेको संस्था हो । 

कृषिविज्ञ कृष्ण पौडेल चालू आवको बजेटमार्फत सरकारले पाँच वर्षमा उत्पादकत्व दोब्बर बढाउने घोषणा गरेको भए पनि नियमित लगानीको अनुगमन हुन नसकेका कारण विगत १० वर्षदेखि खाद्यान्न उत्पादनमा सोचेजति वृद्धि हुन नसकेको बताउनुहुन्छ । 

केन्द्रीय बैंकले कृषिमा अनिवार्य १० प्रतिशत लगानी तोकेको भए पनि उत्पादनका क्षेत्रमा लगानी उत्साहजनक देखिँदैन । तसर्थ, उत्पादकत्व वृद्धिदर बढ्न नसकेको हो । 

बैंकले अनाज (अन्न), तरकारी, चिया÷ कफी, सुर्ती, जुट, नगदे बाली, फलफूल, पुष्पखेती, कुखुरापालन, र माछा गरी जम्माजम्मी नौ प्रकारका क्षेत्रमा कूल रु एक खर्ब ३४ करोड ३७ लाख ७० हजार लगानी गरेको छ । 

जबकी बैंकले उत्पादनको क्षेत्रमा भन्दा कृषिजन्य उद्योग र प्रशोधनमा झण्डै ५० प्रतिशतभन्दा बढीअर्थात् रु दुई खर्ब २८ अर्ब ९३ करोड ९२ लाख लगानी गरेको छ । 

उत्पादनबाहेक बैंकले वाइन, चिनी, पशुपक्षी दाना उद्योग, सुर्ती प्रशोधन प्याकेजिङ, सिँचाइ, बधशाला निर्माण, चिस्यान केन्द्र सञ्चालनमा लगानी गरेको छ । तथापि कृषि विकासका लागि सिँचाइ अपरिहार्य भए पनि सो बैंकको सिँचाइ क्षेत्रमा जम्मा रु नौ करोड सात लाख लगानी छ । 

राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष उद्धव अधिकारी बैंकले क्रमशः लगानी बढाउँदै लगेको भए पनि केही टाठाबाठा व्यक्ति, समूह वा सहकारी संस्थाले कृषिमा प्राप्त अनुदान र सस्तो ब्याजदरमा प्राप्त ऋण लिने तर, उक्त कर्जा कृषिमा नभई अन्यत्र क्षेत्रमा लगानी गर्ने परिपाटीका कारण कृषि क्षेत्रमा आर्कषक परिवर्तन हुननसकेको बताउनुहुन्छ । 

अनुदान उपलब्ध गराउने निकायको नियमित अनुगमन नहुनु र लगानीको ब्याज प्राप्त भएपछि बैंकले लगानीकर्तासँग कुनै चासो नदेखाएकाले कृषिमा लगानी बालुवामा पानी हाले सरहदेखिएको जानकारको भनाइ छ । 

धान, मकै र गहुँ उत्पादनमा उत्साहजनक लगानी छैन । जबकी मानिसलाई दुई छाक खानमा चामल र पिठो अनिवार्य चाहिन्छ । अन्न उत्पादनमा कृषि विकास बैंकको लगानी रु तीन अर्ब ९१ करोड २५ लाखमा सीमित छ । 

कृषि विकास बैंकका सूचना अधिकृत हिमलाल पौडेलले किसानको माग र चाहनाअनुसार बैंकले लगानी गर्दै आएको भए पनि बैंकले उत्पादनका क्षेत्रको अलवा कृषि क्षेत्रलाई सहयोग पुग्ने अन्य क्षेत्रमा पनि लगानी गरेको बताउनुभयो । 

बैंकले कृषिका अन्य क्षेत्रभन्दा तरकारी र कुखुरापालनमा अधिक लगानी बढाउँदै लगेको छ । तरकारीमा रु ४० अर्ब ८३ करोड ३७ लाख र कुखुरापालनमा रु ३९ अर्ब ५७ करोड ५५ लाख पु¥याएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध