५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

लगानीअनुरुप प्रतिफल स्थिर

१९ श्रावण २०७५, शनिबार १०:३०

राजाराम कार्की | साउन १९, काठमाडौँ | कृषिमा सरकारी अनुदान र वित्तीय संस्थाको ऋण लगानी उल्लेखनीय छ । तर, लगानीअनुरुप प्रतिफल प्राप्त हुनसकेको छैन । 

कृषि विकास मन्त्रालयले आव ०७३।०७४ मा रु १० अर्ब ७८ करोड अनुदान र कृषि बिकास बैंकले २०७५ असारसम्म रु एक खर्ब ३४ अर्ब ३२ करोड लगानी गरेको छ । कृषि विकास बैंक सरकारको ५१ प्रतिशत लगानी रहेको संस्था हो । 

कृषिविज्ञ कृष्ण पौडेल चालू आवको बजेटमार्फत सरकारले पाँच वर्षमा उत्पादकत्व दोब्बर बढाउने घोषणा गरेको भए पनि नियमित लगानीको अनुगमन हुन नसकेका कारण विगत १० वर्षदेखि खाद्यान्न उत्पादनमा सोचेजति वृद्धि हुन नसकेको बताउनुहुन्छ । 

केन्द्रीय बैंकले कृषिमा अनिवार्य १० प्रतिशत लगानी तोकेको भए पनि उत्पादनका क्षेत्रमा लगानी उत्साहजनक देखिँदैन । तसर्थ, उत्पादकत्व वृद्धिदर बढ्न नसकेको हो । 

बैंकले अनाज (अन्न), तरकारी, चिया÷ कफी, सुर्ती, जुट, नगदे बाली, फलफूल, पुष्पखेती, कुखुरापालन, र माछा गरी जम्माजम्मी नौ प्रकारका क्षेत्रमा कूल रु एक खर्ब ३४ करोड ३७ लाख ७० हजार लगानी गरेको छ । 

जबकी बैंकले उत्पादनको क्षेत्रमा भन्दा कृषिजन्य उद्योग र प्रशोधनमा झण्डै ५० प्रतिशतभन्दा बढीअर्थात् रु दुई खर्ब २८ अर्ब ९३ करोड ९२ लाख लगानी गरेको छ । 

उत्पादनबाहेक बैंकले वाइन, चिनी, पशुपक्षी दाना उद्योग, सुर्ती प्रशोधन प्याकेजिङ, सिँचाइ, बधशाला निर्माण, चिस्यान केन्द्र सञ्चालनमा लगानी गरेको छ । तथापि कृषि विकासका लागि सिँचाइ अपरिहार्य भए पनि सो बैंकको सिँचाइ क्षेत्रमा जम्मा रु नौ करोड सात लाख लगानी छ । 

राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष उद्धव अधिकारी बैंकले क्रमशः लगानी बढाउँदै लगेको भए पनि केही टाठाबाठा व्यक्ति, समूह वा सहकारी संस्थाले कृषिमा प्राप्त अनुदान र सस्तो ब्याजदरमा प्राप्त ऋण लिने तर, उक्त कर्जा कृषिमा नभई अन्यत्र क्षेत्रमा लगानी गर्ने परिपाटीका कारण कृषि क्षेत्रमा आर्कषक परिवर्तन हुननसकेको बताउनुहुन्छ । 

अनुदान उपलब्ध गराउने निकायको नियमित अनुगमन नहुनु र लगानीको ब्याज प्राप्त भएपछि बैंकले लगानीकर्तासँग कुनै चासो नदेखाएकाले कृषिमा लगानी बालुवामा पानी हाले सरहदेखिएको जानकारको भनाइ छ । 

धान, मकै र गहुँ उत्पादनमा उत्साहजनक लगानी छैन । जबकी मानिसलाई दुई छाक खानमा चामल र पिठो अनिवार्य चाहिन्छ । अन्न उत्पादनमा कृषि विकास बैंकको लगानी रु तीन अर्ब ९१ करोड २५ लाखमा सीमित छ । 

कृषि विकास बैंकका सूचना अधिकृत हिमलाल पौडेलले किसानको माग र चाहनाअनुसार बैंकले लगानी गर्दै आएको भए पनि बैंकले उत्पादनका क्षेत्रको अलवा कृषि क्षेत्रलाई सहयोग पुग्ने अन्य क्षेत्रमा पनि लगानी गरेको बताउनुभयो । 

बैंकले कृषिका अन्य क्षेत्रभन्दा तरकारी र कुखुरापालनमा अधिक लगानी बढाउँदै लगेको छ । तरकारीमा रु ४० अर्ब ८३ करोड ३७ लाख र कुखुरापालनमा रु ३९ अर्ब ५७ करोड ५५ लाख पु¥याएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता