२०८२, ५ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपालमा लगानी गर्न अर्थमन्त्री डा खतिवडाको आग्रह

२०७५, २१ श्रावण सोमबार ०३:४८

साउन २१, वाशिङटन डिसी (रासस) | अर्थमन्त्री डा युवराज खतिवडाले विदेशमा बसोबास गरिरहेका नेपालीलाई पर्यटन, वित्त तथा अन्य विभिन्न क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको छ । 

अर्थमन्त्रीले आइतबार मेरिल्याण्डमा आयोजित प्रवासी मञ्चको कार्यक्रममा सहभागी गैर आवाशीय नेपाली(एनआरएन)लाई लगानीको लागि आग्रह गर्नुभएको हो । 

“तपाईहरुले विदेशी भूमिमा बसेर आर्जन गर्नुभएको सम्पत्ति, प्रविधि, सीप र श्रमको विविध क्षेत्रमा लगानी गर्न आउनुहोस् हामी सहजीकरण गर्न तयार छौँ” अर्थमन्त्री डा खतिवडाले भन्नुभयो, “हामी देश समृद्ध बनाउने अभियानमा छौँ, तसर्थ लगानीकर्तालाई आकर्षित गर्न एकद्वार नीति अवलम्बन गरेर कम्पनी दर्तादेखि लगानी गरेर आर्जित गरेको रकमसमेत कर तिरेपछि मुनाफा लैजान सक्ने वातावरण निर्माण गर्न लागेका छौँ ।” 

उहाँले सरकारले समाजवादको अन्तिम खुड्किलोमा पुग्ने प्रयत्न गरेको बताउँदै यसलाई राज्य नियन्त्रित अर्थतन्त्रको परिकल्पनामा गयो भनेर सोच्नु अतिशयोक्ति हुन्छ भन्नुभयो । 

उहाँले थप्नुभयो, “सामाजिक न्यायको सिद्धान्तमा आधारित भएर नागरिकलाई उत्पादनमा प्रोत्साहित गर्ने श्रम गर्न सक्ने र शिक्षित, सीपयुक्त र स्वस्थ्य नागरिकको योगदान खोजेका छौँ ।” 

विश्व बैंकसँग रणनीतिक साझेदारीसम्बन्धी छलफल गर्न डिसी आउनुभएका अर्थमन्त्रीले लगानीको वातावरण निर्माण गरेर आगामी १० वर्षभित्र कोही नेपालीलाई रोजगारीको लागि विदेश जान नपर्ने वातावरण बनाउने बताउनुभयो । 

विश्व भरका दातृनिकाय र दातृसंस्थासँग छलफल गरेर नेपालको समृद्धिमा संवाहक बन्न आफूले आग्रह गर्ने उहाँको भनाइ थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध