५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

समन्वयपछि भारतद्वारा सडक निर्माण स्थगन

२४ श्रावण २०७५, बिहीबार ०६:३७

शेरबहादुर सिंह | साउन २४, महेन्द्रनगर | कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थित नेपाल–भारत सीमा पिल्लर नं ३ को विवादित क्षेत्रमा बुधबार दिउँसोदेखि भारतीय पक्षले सडक निर्माण स्थगन गरेको छ । 

लामो समयदेखि ब्रह्मदेवको सीमा पिल्लर नं ३ हराएको क्षेत्रमा भारतले सडक विस्तार गर्न खोजेपछि केही दिनयता विवाद बढेको थियो । स्थानीय प्रशासनले भारतको उत्तराखण्डका डिएम (प्रमुख जिल्ला अधिकारी) स्तरमा विवादित क्षेत्रमा तत्काल काम रोक्न आग्रह गरेपछि सो क्षेत्रमा सडक बनाउन रोकेको हो । 

केही महिनाअघि नेपाल–भारत संयुक्त सर्वे टोलीले ३ नं सीमा पिल्लर, ब्रह्मदेवस्थित महाकाली नदी बाँधको सिँढी रहेको स्थानलाई मान्ने सहमति गरेको थियो । स्थानीयले पनि बाँध चढ्ने उक्त सिँढीलाई नेपाल–भारत सीमा मान्दै आएका थिए । 

तर भारतीय पक्षले नदीको बाँधको फेदमा पनि टनकपुर ब्यारेजबाट करीब एक हजार ३०० मिटर सडक बनाउन थालेपछि सीमा विवाद बढेको थियो । टनकपुर ब्यारेजदेखि उत्तर करीब एक हजार मिटर दूरीमा सीमा मानिँदै आएको सिँढी पर्छ । तर भारतीयले एकतर्फी रुपमा नेपाली पक्षसित समन्वय नै नगरी सीमाभन्दा करीब ३०० मिटर नेपालतर्फ (ब्रह्मदेव बजारको पश्चिम) सडक विस्तार थालेको थियो । 

सीमाभन्दा करीब ५० मिटर वर बुधबार बिहान पनि भारतले सडक विस्तारका क्रममा पानीको निकासका लागि ह्विमपाइप राख्न खाँडल खनिरहेका बेला सशस्त्र प्रहरी गण ३५ नम्बर गण मझगाउँबाट खटिएको प्रहरीको टोलीले दुई देशबीच जिल्लास्तरमा काम रोक्ने सहमति भएको भन्दै निर्माण कार्य रोकेको थियो । 

गणबाट सशस्त्र प्रहरी निरीक्षक धनसिंह धामी नेतृत्वको टोलीले सडकमा बनाइएको खाँडलसमेत भारतीय पक्षलाई भर्न लगाएको थियो । सो क्षेत्रको सीमा विवाद नेपाल–भारत संयुक्त सर्वे टिमले मिलाएपछि मात्रै सीमा स्तम्भः राखेर निर्माण थालिने सहमति भएको सशस्त्र प्रहरीले जनाएको छ । 

भारतले ३ नं पिल्लर मानिँदै आएको धेरै वर नेपालतर्फ पनि आफ्नो भूमि दाबी गर्र्दै आएको छ । तर स्थानीय ब्रह्मदेववासी भने सीमा मानिएको सिँढीभन्दा धेरै परसम्म नेपाली भूमि रहेको बताउँछन् । 

विवादित क्षेत्रको मङ्गलबार स्थलगत अनुगमनपछि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जिल्लास्तरबाट समस्याको समाधान थाल्नुभएको थियो । उहाँकै पहलमा संयुक्त सर्वे टिमले सीमा विवाद टुङ्गो लगाएपछि सडक निर्माण गर्ने सहमति भएको हो । 

“२०४०÷०४२ सालतिर ३ नं सीमा पिल्लर महाकाली नदीको बीचमा थियो, त्यो पिल्लरमा मै बसेर गोरु चराएको छु ।” गगनसिंह कार्कीले भन्नुभयो, “पिल्लर नहुँदा लामो समयदेखि यहाँ थिचोमिचो सहनु परेको छ ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता