२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दार्चुला तिंकर सडक निर्माणको जिम्मा सेनालाइ दिनुपर्छः सासंद ठगुन्ना

२७ श्रावण २०७५, आईतवार १६:५७

लोकेन्द्र प्रसाद जोशी | साउन २७, दार्चुला । दार्चुलाबाट निर्बाचित प्रतिनिधि सभा सदस्य गणेशसिह ठगुन्नाले महाकाली कोरीडोर अन्तरगत दार्चुलामा निमार्णाधिन दार्चुला तिंकर सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिन प्रधानमन्त्री मार्फत नेपाल सरकारलाइ आग्रह गर्नुभएको छ । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाइ भेटेर औपचारीक रुपमा सासंद गठुन्नाले यस्तो माग राख्नुभएको हो ।

महाकाली कोरीडोर अन्तरगतको दार्चुला तिकंर सडक मित्रराष्ट्र चीनको तिब्बतको ताक्लाकोट जोड्ने र हिन्दु धर्मालम्बीहरुको प्रमुख तिर्थस्थल कैलासमानसरोबर पुग्ने महत्तपुर्ण सडक भएको भेटका क्रममा प्रधानमन्त्री ओलीलाइ उहाँले अवगत गराउँनुभएको थियो । नेपाल सरकार भौतीक योजना मन्त्रालय अन्तरगत संञ्चालन भैरहेको यो सडकको प्रगति न्युन रहेकोले अगामी आर्थीक बर्षबाट नेपाली सेनामार्फत सडक सञ्चालन गर्न आबश्यक निर्णय गरीदिन प्रधानमन्त्रीलाइ अनुरोध गर्नुभएको सासंद गठुन्नाका स्वकिय सचिब दौलत सिह ठगुन्नाले जानकारी दिनुभयो ।


सांसद ठगुन्नाले प्रदेश नम्बर ७ को बिकासकालागी दार्चुलाको तिंकर नाका सञ्चालनमा ल्याउनु आबश्यक रहेको बताउनुभयो । दार्चुला सदरमुकामबाट नेपालको अन्तिम सीमा लिपुलेकसम्मको दुरी जम्मा १ सय १० किलोमिटर छ, संसदमा ठगुन्नाले भन्नुभयो ‘कैलाश मानसरोबरसम्म जम्मा १ सय ५० किलोमिटरको दुरी छ । त्यसैले तिंकर नाकालाई चीनसँग धार्मीक र पर्यटकिय नाकाको रुपमा विकास गर्नुपर्छ । भारतसँग राम्रो व्यापारिक सम्बन्ध बनाएर लिपुलेकलाई त्रिदेशीय व्यापारिक नाकाको रुपमा विकास गर्न पनि सांसद ठगुन्नाले माग गरेका छन् ।

सिमासम्म सडक पहुच नपुग्नु र दार्चुला ताक्लाकोट आवागमनकालागी सहज बाटो सम्म नहुदा ताक्लाकोट ब्यापार बिगत दुइ दशकदेखी ओझेलमा परेको छ । दार्चुलाको आर्थीक, धार्मीक र पर्यटकिय बिकासकालागी ताक्लाकोट र कैलासमानसरोबरसम्म तिकंर सडक छिटो बिस्तार हुनु आबश्यक रहेको ठगुन्नाको भनाइ छ ।

सासंद ठगुन्नाले प्रधानमन्त्रीलाइ भेटेर महाकाली कोरीडोर र दार्चुला तिकंर सडकको अवस्था, प्रगति र आबश्यकताका बिषयमा स्पष्ट पार्नुभएको स्वकिय सचिब दौलत सिह ठगुन्नाले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला