५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बजेट सार्वजनिक

३१ श्रावण २०७५, बिहीबार ०९:३६

साउन ३१, राजविराज | चालू आर्थिक वर्ष २०७५÷७६ का लागि खडक नगरपालिकाले दोस्रो नगरसभाबाट रु ५० करोड ३८ लाख ७५ हजारको बजेट सार्वजनिक गरेको छ । 

नगर प्रमुख हेमायु हकले चालू आवको नीति, कार्यक्रम र बजेट संक्षेपीकरण सार्वजनिक गर्दै चालूतर्फ रु ३२ करोड ५० लाख ३० हजार तथा पूँजीगततर्फ रु १७ करोड ८८ लाख ४५ हजार बजेट रहेको बताउनुभयो । 

‘समृद्घिको आधार, कृषि, स्वास्थ्य, शिक्षा, रोजगारी र भौतिक पूर्वाधार’ नाराका साथ आयोजना गरेको बजेट सार्वजनिकीकरण कार्यक्रममा प्रमुख हकले पुर्वाधार विकासलाई प्राथमिकतामा राख्दै कूल बजेटको ५७ दशमलब ४८ प्रतिशत विनियोजन गरिएको जानकारी दिनुभयो । उक्त शीर्षकमा नगरपालिकाले रु नौ करोड ७० लाख ६५ हजार विनियोजन गरेको छ । यस वर्ष नगरपालिकाले पूर्वाधार विकासतर्फ ५७ दशमलब ४८ प्रतिशत रकम विनियोजन गरेको छ । 

सामाजिक विकासका लागि रु तीन करोड तीन लाख ७५ हजार, आर्थिक विकासतर्फ रु ७७ लाख ३० हजार, संस्थागत विकास एवं सेवा प्रवाहतर्फ रु दुई करोड ४४ लाख पाँच हजार तथा वित्तीय व्यवस्थापन र सुशासनतर्फ रु १५ लाख विनियोजन गरिएको छ । रु ६० लाख आन्तरिक आम्दानी गर्ने लक्ष्य प्रस्तुत गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता