२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

निरपेक्ष गरिबी अन्त्य गर्ने अभियानमा सरकार: अर्थमन्त्री

२०७५, १ भाद्र शुक्रबार ०९:४८

भदौ १, काठमाडौँ | अर्थमन्त्री डा युवराज खतिवडाले तीन÷चार वर्षभित्रमा निरपेक्ष गरिबी अन्त्य गर्ने अभियान सञ्चालन गर्ने बताउनुभएको छ । 

लघुवित्त संघ नेपालले यहाँ आज आयोजना गरेको ‘लघुवित्त कार्यशाला गोष्ठी’को उद्घाटन गर्दै उहाँले सरकारले गरिबीलाई उत्पादनसँग जोडेर निरपेक्ष गरिबी अन्त्य गर्ने अभियान सञ्चालन गर्ने बताउनुभएको हो । 

“कर्जाको आकार बढाएर गरिबीलाई उत्पादन र सीपलाई जोड्न गइरहेका छौँ”, उहाँले भन्नुभयो, “हामी समृद्धिको यात्रामा रहेकाले निरपेक्ष गरीब अन्त्य गरेर अगाडि बढ्दैछौँ ।” उहाँले स्थानीय तहसँग मिलेर लघुवित्तले गरिबी हटाउन भूमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले लघुवित्त संस्थाले सदस्य सङ्ख्या धेरै बनाएर सर्वसाधारणलाई गरीबमै राख्नुभन्दा थोरैमा धेरै लगानी गरेर उनीहरुको जीवनस्तर माथि उठाउन पहल गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले साना व्यवसायलाई बंैकले लगानी नगर्ने भएकाले लघुवित्तले नै लगानी गरेर सहयोग गरिरहेकोसमेत बताउनुभयो । 

मन्त्री खतिवडाले लघुवित्तले उद्यमशीलतासँगै पूँजीमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो । महिला सशक्तीकरणका लागि लघुवित्तले लगानी बढाए, मुलुकले आर्थिक परिवर्तनको पाइला टेक्ने बताउँदै मन्त्री खतिवडाले उद्यमशीलतामा लगानी बढाउँदा लघुवित्तलाई कानूनी र प्राविधिक समस्या परे सरकारले सहयोग गर्न तयार रहेको जानकारी गराउनुभयो । 

अर्थमन्त्री खतिवडाले मुलुकमा ७० प्रतिशतभन्दा बढी गरीब तथा साना परिवार रहेको उल्लेख गर्दै तीनलाई माथि उकास्न लघुवित्तले लगानीलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । आर्थिक उन्नतिलाई माथि उकास्न सरकार लागिपरेको भन्दै उहाँले भन्नुभयो, “साना तथा मझौला व्यवसायले कूल गार्हस्थ उत्पादनको ९० प्रतिशत सहयोग पु¥याएका छन् । त्यसैले ती व्यवसायमा लघुवित्तले लगानी गर्नुपर्दछ ।” 

उहाँले लघुवित्तमाथि लागेको आरोपलाई झूठो सावित गरेर जानुपर्ने भन्दै भूकम्पपछि अर्थतन्त्रमा केही धक्का लागे पनि अहिले पुनःस्थापित हुन थालेकोसमेत जानकारी गराउनुभयो । कार्यक्रममा लघुवित्त सङ्घका अध्यक्ष पदमना शाक्यले गाउँघरका स्रोतसाधन र सीपलाई परिचालन गर्नेगरी ऋण प्रवाह गर्ने बताउनुभयो । उहाँले लघुवित्तले महिलालाई सशक्तीकरण गर्न सहयोग गरिरहेकोसमेत बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर