२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

शेयर बजार नेप्से र कारोवार दुवै बढ्यो

२०७५, २ भाद्र शनिबार ०९:३५

भदौ २, काठमाडौँ | धितोपत्र बजारमा यस साता रु एक अर्ब ४३ करोड ३२ लाख ९४ हजार बराबरको कारोवार भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कूल १८५ कम्पनीको ४५ लाख दुई हजार ४५० कित्ता शेयर खरीद बिक्री भएका छन् । 

कारोवार रकम गत साताको भन्दा ५६.१० प्रतिशत बढी हो । गत साता १८१ कम्पनीको ३६ लाख ४७ हजार ८४० कित्ता शेयर रु ९१ करोड ८७ लाख ३२ हजार बराबरका खरिद बिक्री भएका थिए । गत साताको तुलनामा यस साता कारोवार रकम र नेप्से परिसूचकसमेत उकालो लागेर लगानीकर्तालाई खुशी तुल्याएको छ । 

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ४६.३८ अङ्कले बढेर अन्तिम दिन एक हजार २१०.३२ अङ्कमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने ‘संवेदनशील परिसूचक’ पहिलो दिनको तुलनामा ९.६८ अङ्कले बढेर २५५.३८ अङ्कमा आइपुगेको छ । 

यस साता कारोवार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । सो कम्पनीको रु सात करोड ८४ लाख बराबरको शेयर कारोवार भएको थियो । 

यस्तै कारोवार भएको शेयर सङ्ख्याको आधारमा मेगा बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकको एक लाख ७५ हजार कित्ता शेयर खरीद बिक्री भएका थिए । यस साता नेपाल स्टक एक्सचेन्जको कारोवार कक्ष नियमित कारोवारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोवार भएन । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर