२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कति रुपैयाँ बढ्यो ?

३ भाद्र २०७५, आईतवार १६:११

भदौ ३, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल मट्टीतेल र हवाई इन्धनको मूल्य बढाएको हो ।

पेट्रोलको मूल्य लिटरमा १ रुपैयाँले बढेर १११ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टतिेलको मूल्य २/२ रुपैयााले बढ्दा ९५ रुपैयाँ पुगेको छ ।

सोमबार राति १२ बजेबाट लागू हुने गरी मूल्य बढाइएको निगमका प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिए । भारतीय आयल कर्पोरेशन (आईओसी)ले नयाँ मूल्यसूची पठाएको थियो ।

यो पटक मूल्य नबढाउँदा निगमलाई महिनामै ६० करोड घाटा हुने अवस्था थियो । निगमलाई यो मूल्य समायोजनपछि पनि महिनामा १४ करोड ४२ लाख घाटा हुने गोइतले जानकारी दिए ।

नयाँ मूल्यअनुसार निगमलाई पेट्रोलमा ६५ पैसा नाफा छ भने डिजेल र मट्टीतेलतमा ७० पैसा घाटा छ ।

यो मूल्य समायोजनपछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर १.५९ रूपैया र डिजेलमा ३.४९ रूपैयाँ घाटा छ । मुल्य नबढाइए पनि ग्यासमा प्रतिसिलिन्डर २८० रुपैयाँ घाटा छ ।

निगमले आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ४.५ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा प्रतिहजार लिटर ५० डलर रुपैयाँ बढाएको छ ।

नेपालमा हाल पेट्रोल भारतको सीमा क्षेत्रभन्दा पेट्रोल २३ रुपैयाँ र डिजेलमा २५ रुपैयाँ सस्तो छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल