८ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कालिमाटी तरकारी बजारका ९८ स्टल खारेज हुँदै, यस्तो छ कारण

७ भाद्र २०७५, बिहीबार ०१:२१

भदौ ७, काठमाडौं | सरकारले कालिमाटी फलफूल तथा तरकारी बजारका ९८ स्टलहरुको सम्झौता खारेज गरिदिने भएको छ । कारवाहीमा पर्न लागेका ९८ स्टलले सरकारबाट २० हजार भाडामा लिएर अरुलाई १ लाख रुपैयासम्म भाडा लिएको पाईएपछी उनीहरुसँगको भाडा सम्झौता खारेज हुने भएको हो । 

सरकारले कालिमाटी फलफूल तथा तरकारी बजारका स्टलहरु भाडामा दिंदै आएको छ । तर सोहि सम्झौतामा समेत बिचौलिया प्रवृति देखिएपछि खारेज गर्न लागेको हो  । सरकारसँग सटर भाडा सम्झौता गरेर ५ गुणाभन्दा बढी उठाएपछी त्यस्ता कसुर गर्नेहरु बिरुद्ध सरकारले कडा नीति लिएको छ । भाडानै १ लाख भएपछि भाडाको चर्को मूल्य उठाउनको लागि भएपनि त्यस्ता स्टलले उपभोक्तालाई महँगो मूल्यमा आफ्नो तरकारी बेच्ने गरेको पाइएको छ । 

कालिमाटी फलफूल तथा तरकारी बजारमा स्टलले १ जनाले लिएर अरुलाई बिक्री गर्दा मासिक ८० हजारसम्म कमाई गर्छन । सटर भादानै महँगो भएकाले उपभोक्तालाई सामान खरिदमा स्वत: महँगो पर्न आउने देखिन्छ । खारेज गर्न लागिएका ९८ स्टललाई सरकारले यस अघिनै यस बिषयमा सूचना टासेर स्पष्टीकरण सोधिएकोमा चित्तबुझ्दो जवाफ नदिएको बताइएको छ । 

यस अघि सरकारले कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका पदाधिकारीकै मिलेमतोमा उपभोक्तामाथि ठगी हुने गरेको भन्दै सोमबार छानवीन गर्ने समेत जनाएको थियो । सोमबार बिहान अनुगमनका लागि पुगेका उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागको टोलीलाई सहयोग नगरेपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले उपभोक्तालाई ठग्ने काम समितिका जिम्मेवार पदाधिकारीबाटै हुने गरेको भन्दै उनीहरुलाई छानवीन गरी कार्वाही गर्न मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेलाई निर्देशन दिएका थिए । 

व्यापारी र सरकारी अनुगमन टोलीबीच विवाद भएपछि तरकारी बजारमा आफैं पुगेका मन्त्री यादवले समितिका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेललाई तरकारी बजार अनुगमनको काम नगरेर के हेरेर बसेको भन्दै आक्रोश व्यक्त गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको जग्गा विवाद : न्यायाधीशले हेर्न नमिल्ने भएपछि सुनुवाइ स्थगित, आइतबारलाई तोकियो पेसी रमेशचन्द्र पौडेल कतारका लागि राजदूत नियुक्त अमेरिका गएका वडाध्यक्ष ९ महिना बित्दा पनि नफर्किएपछि वडा कार्यालयमा तालाबन्दी एकै पटक ८५ विमानमा बमको धम्की भाजपाका विदेश विभाग प्रमुखसँग गगन थापाको भेटवार्ता साफ महिला च्याम्पियनसिप: माल्दिभ्सलाई १३-० ले हराउँदै अंक तालिकाको शीर्ष स्थानमा उक्लियो भुटान छविलाल जोशी र लिला पछाईंलाई थप ७ दिन हिरासतमा राख्न अनुमति धनराज र ऋषिकेशलाई जोगाएर रविलाई थुनेको भन्दै माओवादीको आपत्ति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति रवि लामिछानेको म्याद थपबारेको बहस सकियो ‘पुष्पा २’ नेपालमा अहिलेसम्मकै महंगो मूल्यमा भित्रिँदै, लगानी उठाउन १९ करोड कमाउनुपर्ने जीवी राईका कानूनी सल्लाहकार राष्ट्रपतिको सल्लाहकार पङ्क्तिमा विराजमान हुनु लज्जास्पद : सूर्य थापा पर्यटनमन्त्री पाण्डेका तीन महिना : ऐन, नियम र कानुन निर्माण प्राथमिकतामा जलवायु परिवर्तनको समस्यालाई सम्बोधन गर्न राष्ट्र संघको सहयोग जरुरी सलमान खानलाई धम्की दिने पक्राउ : ५ करोड भारु फिरौती माग्ने झारखण्डमा तरकारी बेच्थे विराज भट्टको ‘१२ गाउँ’ कीर्तिमानी व्यापारको यात्रामा, दुई हप्तामा कति कमायाे ? रवि र छवीलाई अदालतमा उपस्थित गराइयो रास्वपाको आज पोखरामा अन्तिम प्रदर्शन, अब काठमाडौँ केन्द्रीत आन्दोलन गर्ने आज घट्यो सुनचाँदीको मूल्य तिहारमा काठमाडौंमा प्लास्टिकको मालामा प्रतिबन्ध