५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रुख तेर्साएर खोला तर्दै बझाङ्गेहरु, हिडेर चार दिनमा सदरमुकाम

७ भाद्र २०७५, बिहीबार ०३:१६

प्रेम सुनार | भदौ ७, बुटवल | भदौरे ठाडो खोला उर्लेर आएको छ । तर्नका लागि एउटा रुख तेर्साईको छ । भारी बोकेको मानिस बढो जोखिमले  खोला पार गर्दैछन । यो दृश्य हो विकट हिमाली जिल्ला बझाङको । बझाङको अति दुर्गम सैपाल गाउँपालिकास्थित त्यो एक  खोलाको मात्र दृश्य होईन, त्यस जिल्लाका अधिकांस खोलाहरुमा  सामन्य झोलुङ्गे पुलहरु उपयुक्त र प्रयाप्त छैनन । त्यहाँका अधिकांस खोलाहरुमा स्थायिनवासीन्दा जोखिमपुर्ण यात्रा गर्न बाध्य छन ।

ओली सरकारले गत वर्ष ९० तुईन विस्थापित गरी झोलुङ्गे पुला निर्माण गरेको समाचार आई रहँदा बझाङ्गमा भने तिनै विस्थापित तुईन लगेर राखी दिन पाए पनि केहि जोखिम कम हुन्थ्यो कि भन्ने लाग्छ । तस्वीरमा देखिने त्यस  जिल्लाको सैपाल गाउँपालिकाको एक  दृश्य हो यो ।  कहीँकतै भए पनि त्यो पर्याप्त छैन र उपयुक्त ठाउँमा पनि छैन  । पुल पुलेसाहरु नहुँदा   वर्षऔं देखि जोखिम मोल्न बाध्य भएको  स्थानीय सुरेन्द्र बोहरा बताउँछन् । 

गाउँमा झोलुङ्गे पुलसमेत नहुँदा कोही बिरामी परिहाले भने त्योभन्दा बढी आपत् अरु केही हुँदैन । उनले भने सरकारले तुईन भन्ने हटाएर पुल बनायो भन्ने सुन्दा हाम्लाई पनि पुल बनाई दिए कस्तो हुन्थ्यो ? अर्का स्थानीय दीपक बोहरा भन्छन –‘ विरामी,  सुत्केरी महिला र बूढापाकालाई जिल्ला अस्पतालसम्म पुर्याउन तीन दिनदेखि चार दिन  सम्म पैदल हिँड्नुपर्छ । 

गाउँपालिकाकै स्वास्थ्य चौकीमा लैजान दिनभर हिँड्नुपर्छ । कैयौँ खोलाखोल्सा पार गर्नुपर्छ । न हिँड्न राम्रो बाटोघाटो छ, न खोलाखोल्सा पार गर्न न पुलपुलेसा छन । कति बिरामीले समयमा अस्पताल नपुगेर अकालमै ज्यान गुमाउनु परेको  छ । कति सुत्केरीको बिचल्ली हुने गरेको छ यसको लेखाजोखा नै हुँदैन । वर्षायाममा पानीको बहाब बढेपछि खोला तर्न सक्ने सम्भावना नै हुँदैन तर नतरी सुखै छैन ।

गाउँमा कतिपय बिरामी उपचार नपाई ज्यान गुमाउनु परेको स्थानीय बताउँछन् । कतिपय गाउँकै जडीबुटी सेवन गरी बाँच्नुलाई भाग्य मानिरहेका छन् । अझ त्यो भन्दा विकराल समस्या त के छ भने, बिरामी बोक्नेहरु पनि खोलानाला पार गर्दा डुबेर ज्यानै जानसक्ने जोखिमबाट मुक्त हुन सकेका छैनन् । प्रदेश नम्बर ७ को विकट हिमाली जिल्ला बझाङमा १२ स्थानीय तहमध्ये दुई नगरपालिका र १० गाउँपालिका छन् । तीनै स्थानीय तहमध्येको एक साइपाल गाउँपालिका पनि हो ।

सदरमुकामबाट झण्डै चार दिन पैदल यात्रा गर्नुपर्छ । यहाँका जनता सधैँ परिवारको कोही गुमाएजस्तो–हराएजस्तो गरी मुहारमा हाँसोरहित देखिन्छन् । प्रदेश सरकार र संघीय सरकारको नजरबाट समेत यो क्षेत्र ओझेलमा परेपछि स्थानीयको गुनासोको चाङ बनाउने नै भए । 

बझाङलाई पाँच वर्षमा समृद्ध बनाउने माननीय भैरबबहादुर सिंहको चुनावी पहिलो एजेन्डा पनि थियो । तर वाचा पूरा हुन त के, कामको सुरुवातसम्म भएन । अहिले जनतालाई लागिरहेको छ, ‘विकासका कुरा नेताहरुको भोट माग्ने भाषणकला मात्र हो, हाम्रो दुःख हामीसँगै भएको जनताको बुझाई छ ।’ 

जनता भनिरहेका छन्, ‘जुन जोगी आए पनि कानै चिरेको आरोप जनताले लगाएका छन भने साइपाल गाउँपालिका अध्यक्ष राजेन्द्र धामीले भने गाउँपालिकाबाट सम्बोधन हुन सक्ने योजना गाउँपालिकाबाट रकम विनियोजित गरी काम सम्पन्न गरेको र गाउँपालिकाबाट सम्भव हुन नसकिने योजनालाई प्रदेश सरकार केन्द्रीय सरकारलाई माग गरेको अध्यक्षले बताए । 

– बझाङ्गका पत्रकार आशिषबहादुर सिंहको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता