भदौ ८, काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ ७४ पैसा र बिक्रिदर २९ रुपैयाँ ९० पैसा रहेको छ ।
त्यस्तै, कतारी एक रियालको खरिददर ३० रुपैयाँ ६४ पैसा र बिक्रिदर ३० रुपैयाँ ८० पैसा रहेको छ । युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ३७ पैसा र बिक्रिदर ३० रुपैयाँ ५३ पैसा तोकेको छ ।
मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ १५ पैसा र बिक्रिदर २७ रुपैयाँ ३० पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ०१ पैसा र बिक्रिदर १० रुपैयाँ ०६ पैसा रहेको छ । कुवेती एक दिनारको खरिददर ३ सय ६८ रुपैयाँ ३५ पैसा र बिक्रिदर ३ सय ७० रुपैयाँ ३४ पैसा रहेको छ ।
बहराइन दिनार एकको खरिददर २ सय ९५ रुपैयाँ ८७ पैसा र बिक्रिदर २ सय ९७ रुपैयाँ ४६ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।