भदौ १५, काठमाडौं । सुनको मूल्य निरन्तर उकालो लागी रहेको बेला साताको छैटौं दिन शुक्रबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
बिहीबार बजारमा छापावाल सुन प्रतितोला मूल्य ५७ हजार रुपैयाँमा कारोबार भएको थियो भने आज प्रतितोला ३ सयले बढेर ५७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
बिहिबार तेजावी सुन प्रतितोला मूल्य ५६ हजार ७ सयमा कारोबार भएको थियो भने आज बढेर सुन प्रतितोला ५७ हजारमा कारोबार भइरहेको छ।
त्यस्तै, चाँदी भने केहिदिन यतादेखि स्थिर नै रहेको छ ।
विहीबार बजारमा चाँदी प्रतितोला मूल्य ७ सय २५ रुपैयाँमा कारोबार भएको थियो भने आजपनि चाँदी प्रतितोला मूल्य ७ सय २५ रुपैयाँमै कारोबार भइरहेको जनाएको छ ।