भदौ १९, काठमाडौं | साताको तेस्रो दिन मंगलबार सुनको मुल्य बढेको छ। सोमबार प्रतितोला ५७ हजारमा कारोबार भएको छापावाला सुन आज तोलामा २ सयले बढेर ५७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन आज ५६ हजार ९ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
तेजाबी सुन सोमबार ५६ हजार ६ सयमा कारोबार थियो ।
चाँदी आज प्रतितोला ७ सय २० रुपैंयामा कारोबार भइरहेको पनि महासंघले जनाएको छ।