५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बाहिरी चक्रपथको रुट परिवर्तन हुँदै, भूमाफिया र जग्गा किन्नेलाई तनाब !

२६ भाद्र २०७५, मंगलवार ०८:४३

भदौ २६, काठमाडौँ | बाहिरी चक्रपथको रुट परिवर्तन हुने भएपछी भूमाफियाहरुको मेख मर्ने भएको छ । बाहिरी चक्रपथ निर्माण हुने रुटका जग्गाहरु भूमाफियाहरुले कब्जा गरेपछि चक्रपथको रुट नै परिवर्तन हुने भएको हो । 

भूमाफियाहरुले चक्रपथ आउने भए पछी तोकिएका स्थानमा मुआब्जा बढी लिने र महंगो मूल्यमा जग्गा बेच्न भूमाफियाहरुले बाहिरी चक्रपथमा पर्ने अधिकांश जग्गाहरु खरिद गरी टुक्रा-टुक्रा पारेपछि पहिले तोकिएको रुटनै सर्ने सम्भावना भएको हो । भूमाफियाहरुले तीन आना र त्यसभन्दा कमको आठ हजार भन्दा बढी टुक्रा पारेका छन् । उक्त टुक्राहरु खरिद गर्दा सरकारको खर्बौ रुपैंया फजुलमा तिर्नु पर्ने भएकोले रुट परिवर्तन गर्न लागिएको शहरी विकास मन्त्रालयले जनाएको छ । 

बाहिरी चक्रपथका लागि पर्ने जग्गाहरु भूमाफियाले कब्जा गरेपछी महँगो मुआब्जा तिर्नु भन्दा रुट नै परिर्वतन गर्नु उत्तम बिकल्प देखिएको हो, जसको लागि छलफल भइरहेको छ । कुल ७२ किलोमिटरमध्ये पहिलो चरणमा निर्माण गर्ने भनिएको चोभार–गाम्चा–सतुङ्गलको ६ दशमलव ६ किलो मिटर खण्डमा जग्गा कित्ताकाटको समस्या पुनः बल्झिएपछि अन्य क्षेत्रका विषयमा पनि अध्ययन गरिएको छ ।


गत वैशाख ४ गतेको मन्त्रिपरिषद्को बैठकले पहिलो चरणमा निर्माण हुने चोभार–गाम्चा–सतुङ्गल खण्डको डीपीआर स्वीकृत गरेको थियो । आयोजनाले मन्त्रिपरिषद्को स्वीकृतिपछि प्रधानमन्त्री केपी शर्मा ओलीको १ सय दिनको कार्यावधि पुगेको दिन पारी आयोजना अन्तर्गतको ‘चोभार–सतुङ्गल’ खण्डको निर्माण कार्य शुरू गर्ने तयारीसमेत गरेको थियो । तर, अहिले सोही क्षेत्रमा साना–साना कित्ताका जग्गाहरू बढी भएको भन्दै मन्त्रालयले निर्माण प्रक्रियालाई रोकेर रुट परिर्वतन बारे निर्णय गर्न लागेको छ ।

भूमाफियालाई टाउको दुखाई  

भूमाफियाहरुले चक्रपथ आउने भए पछी तोकिएका स्थानमा मुआब्जा बढी लिने र महंगो मूल्यमा जग्गा बेच्ने क्रम जारी राखेकाले अब चक्रपथ पुग्ने भनिएको स्थानमा चक्रपथनै पुग्ने हो कि होइन भन्ने आशंका उत्पन्न भएको छ । भूमाफियाहरुले चक्रपथ आउने भने पछी तोकिएको स्थानहरुमा जग्गाको भाउ समेत ह्वात्तै बढाएका छन् भने जग्गा किन्नेहरुले पनि बिभिन्न प्रलोभनमा परि महँगो मूल्यमा जग्गा किन्ने गरेका छन् । 

मन्त्रालयको निर्णय संगै अब पहिले तोकिएको स्थानमा प्रलोभनमा परेर जग्गा किन्ने जग्गाधनी र भू माफियाहरुलाई तनाब सृजना भएको छ । चक्रपथ पर्ने भनिएको स्थानहरुबाट भूमाफियाकै कारण  चक्रपथ सर्ने भएपछि जग्गा किनवेचमा समेत अन्यौलता सुरु भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता