२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपाल इन्भेष्टमेण्ट बैंकद्वारा व्हील चियर वितरण

२०७५, ३१ भाद्र आईतवार ११:५०

भदौ ३१, काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले मेरुदण्ड पक्षघात भई अपांगता हुन पुगेका व्यक्तिहरुको सहयोगका लागि व्हीलचियर वितरण गरेको छ ।

काभ्रेको सांगास्थितस्पाइनल इन्जुरी पुर्नस्थापना केन्द्रले आयोजना गरेको विशेष कार्यक्रममा बैंकका नायव महाप्रबन्धक रबिन सिजापतिले स्पाइनल इन्जुरी संघ नेपाललाई १३ वटा व्हीलचियर हस्तान्तरण गर्नुभयो ।

व्हील चियर हस्तान्तरणपछि नायव–महाप्रबन्धक सिजापतिले मेरुदण्ड पक्षघात भइ अपांगता हुन पुगेका व्यक्तिहरुको सहयोगका लागि नेपाल इन्भेष्टमेण्ट बैंक सदैब तयार रहेको उल्लेख गर्नुभयो । कार्याक्रममा स्पाइनल इन्जुरी पुर्नस्थापना केन्दका अध्यक्ष प्रचण्ड श्रेष्ठले मेरुदण्ड पक्षघात भई अपांग हुन पुगेका व्यक्तिहरुमध्ये ९५ प्रतिशत आफै हिड्डुल गर्न असक्षम भएकोबताउदै वार्षिक रुपमा आवश्यक पर्ने ३०० वटा व्हील चियर विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ सस्थावाट प्राप्त सहयोगबाट पूरा गर्ने कोसिस गरिरहेको बताउनुभयो ।

आठ लाख ७० हजार भन्दा बढी उपभोक्ता रहेको नेपाल इन्भेष्टमेण्ट बैंक लि.को हाल ७७ वटा शाखा तथा १०२वटा एटिएम छन भने सात वटा एक्स्टेन्सन काउन्टर रहेको छ । ५ लाख ५० हजारभन्दा बढी भिसा डेबिट कार्ड प्रयोगकर्ता रहेको बैंकको ६० वटा शाखारहित बैंकिङ सुविधा तथा नौ वटा राजश्व संकलन केन्द्रका साथै बैंकको संजालमा ७९० बढी भिसा तथा एनपिएन सदस्य बैंकका एटिएम रहेको छ । भर्खरै यूरोमनि अवार्ड–“उत्कृष्ट बैंक नेपाल– २०१८” जितेको बैंकले पाँच पटकसम्म  “बैंक अफ द इयर”  अवार्ड प्राप्त गरिसकेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर