५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कर्मचारीको मिलोमतोमा १८ लाख २१ हजार रुपैया हिनामिना

२ आश्विन २०७५, मंगलवार १६:१५

टेकेन्द्र बोहरा | असोज २, बझाङ | बझाङ जिल्लाको विकट गाँउपालीका मानिने साईपाल गाउँपालिकामा कर्मचारीको मिलोमतोमा १८ लाख २१ हजार रुपियाँ हिनामिना भएको छ ।

स्थानीय तहको निर्वाचन २०७४ सम्पन्न भएलगत्तै साईपाल गाउँपालिका का तत्कालिन कार्यकारी प्रशासकीय अधिकृत राधाकृष्ण जोशी र लेखापाल गजाधर सार्कीले विभिन्न शिर्षकमा १८ लाख २१ हजार रुपियाँ हिनामिना गरेको हो ।

यसरी साइपाल गाँउपालीका को विभिन्न शिर्षकमा विनियोजन भएको ठूलो परिणामको रकम हिनामिना भएपछि साइपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्र धामी, साइपाल गाउँपालिका वडा नम्बर २ का अध्यक्ष हरिलाल बोहरा र साइपाल गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष गोपाल बोहराले छानविन गरी आवश्यक कारबार्हिका लागि जिल्ला प्रशासन कार्यालय बझाङ मा उजूरी दिएका छन ।

उजूरीमा बजेट बिनियोजन गरीएको छ लाख को चेक साईपाल गाउँपालिका लेखापाको ब्याक्तिगत नाममा सिधै निकालीएको देखीएको छ । चेक नम्बर ४०१८३६२८ बाट सिधै निकालिएको पैसा निकालिएको देखिएको एक गोप्य  स्रोतले बताएको छ  ।

त्यस्तै बाकि रकम विभिन्न शिर्षकमा र बहुक्षेत्रिय पोषण कार्यक्रमको रु ३ लाख ३१ हजार र २ लाख ३१ हजार गरि साईपाल गाउँपालिका क्रर्मचारी रहनुभएका राधाकृष्ण जोशी र लेखापाले जम्मा अहिले देखिन आएको छ ।

 १८ लाख २१ हजारको रकम कहाँ खर्च भयो भनेर सोध्दा साईपाल गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर धामि र उपाध्यक्ष कल्पना देवि बोहराले सोध्दा उल्टै धम्काउने गरेका गरेका छन ।

यसैविच केही मदिना अगाडी तत्कालीन कार्यकारि पद सम्माहालेका राधाकृष्ण  जोशीलाई नेत्र बिक्रम चन्द्र बिप्लव पाटिले कालो मुसो पनि दलेका थिय ।

यसरी गाँउपालीकाको रकम हिनामिना भएपछी छानबिन गरिपाउ भनी जिल्ला प्रसासन कार्यालयमा जुरी परेको थियो । यसरी कर्मचारीको मिलोमतोमा रकम हिनामिना गरेपछी साईपाल गाँउपालीका का स्थानियवासी चिन्तीत भएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता