५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपाल इन्भेष्टमेण्ट बैंकको नयाँ शाखा बाफलमा

५ आश्विन २०७५, शुक्रबार ०८:५३

असोज ५, काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले काठमाडौंको रिङरोडमा पर्ने सोल्टीदोबाटो चोकस्थित बाफलमा नयाँ शाखा खोलेको छ । शाखाको बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले उद्घाटन गर्नुभयो । 

विशेषत कलंकी तथा सितापाइला आसपासका स्थानीयलाई वित्तिय कारोबार छिटो, छरितो र सहज तवरले प्रदान गर्न न्यूरोडको मुन्चा हाउसमा संचालित शाखालाई बाफलमा स्थानान्तरण गरिएको हो । नेपाल इन्भेष्टमेण्ट बैंक लि.को यो सहित ७७ वटा शाखा रहेको छ ।

सर्वसाधारणलाई सहज बैंकिङ सेवा प्रदान गर्ने उदेश्यले  वित्तीय संजाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजना अनुसार बैंकले सेवा विस्तारको अभियानलाई निरन्तरता दिइरहेको हो । 

आठ लाख ७० हजार भन्दा बढी उपभोक्ता रहेको नेपाल इन्भेष्टमेण्ट बैंक लि.को १०३ वटा एटिएम पुगेको छ । ५ लाख ५० हजारभन्दा बढी भिसा डेबिट कार्ड प्रयोगकर्ता रहेको बैंकको ६० वटा शाखारहित बैंकिङ सुविधा तथा नौ वटा राजश्व संकलन केन्द्रका साथै बैंकको संजालमा ७९० बढी भिसा तथा एनपिएन सदस्य बैंकका एटिएम रहेको छ ।

 भर्खरै यूरोमनि अवार्ड–“उत्कृष्ट बैंक नेपाल– २०१८” जितेको बैंकले पाँच पटकसम्म  “बैंक अफ द इयर”  अवार्ड प्राप्त गरिसकेकोे छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता