२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपाल इन्भेष्टमेण्ट बैंकको नयाँ शाखा बाफलमा

२०७५, ५ आश्विन शुक्रबार ०८:५३

असोज ५, काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले काठमाडौंको रिङरोडमा पर्ने सोल्टीदोबाटो चोकस्थित बाफलमा नयाँ शाखा खोलेको छ । शाखाको बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले उद्घाटन गर्नुभयो । 

विशेषत कलंकी तथा सितापाइला आसपासका स्थानीयलाई वित्तिय कारोबार छिटो, छरितो र सहज तवरले प्रदान गर्न न्यूरोडको मुन्चा हाउसमा संचालित शाखालाई बाफलमा स्थानान्तरण गरिएको हो । नेपाल इन्भेष्टमेण्ट बैंक लि.को यो सहित ७७ वटा शाखा रहेको छ ।

सर्वसाधारणलाई सहज बैंकिङ सेवा प्रदान गर्ने उदेश्यले  वित्तीय संजाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजना अनुसार बैंकले सेवा विस्तारको अभियानलाई निरन्तरता दिइरहेको हो । 

आठ लाख ७० हजार भन्दा बढी उपभोक्ता रहेको नेपाल इन्भेष्टमेण्ट बैंक लि.को १०३ वटा एटिएम पुगेको छ । ५ लाख ५० हजारभन्दा बढी भिसा डेबिट कार्ड प्रयोगकर्ता रहेको बैंकको ६० वटा शाखारहित बैंकिङ सुविधा तथा नौ वटा राजश्व संकलन केन्द्रका साथै बैंकको संजालमा ७९० बढी भिसा तथा एनपिएन सदस्य बैंकका एटिएम रहेको छ ।

 भर्खरै यूरोमनि अवार्ड–“उत्कृष्ट बैंक नेपाल– २०१८” जितेको बैंकले पाँच पटकसम्म  “बैंक अफ द इयर”  अवार्ड प्राप्त गरिसकेकोे छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर