५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

शेयर बजार सामान्य अङ्कले सुधार

७ आश्विन २०७५, आईतवार १०:५६

असोज ७, काठमाडौँ | धितोपत्र बजारमा आज शेयरको मूल्य सामान्य अङ्कले वृद्धि भएको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोवार मापक नेप्से परिसूचक २.६१ विन्दुले बढेर एक हजार २५७.६८ विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.८२ विन्दुले बढेर २६६.९१ विन्दुमा पुगेको छ । सामान्य अङ्कले बढेको बजारमा कारोवार रकममा भने वृद्धि भएको छ । 

कूल १६७ कम्पनीको ५५ लाख ४९ हजार ६२१ कित्ता शेयर रु ६९ करोड ३६ लाख ६१ हजार २५६ मूल्यमा कारोवार भएको छ । पाँच उपसमूहको शेयर ओरालो लाग्दा ६ उपसमूहको शेयर भने वृद्धि भएको छ । बैंकिङ ८.८४, व्यापार ९.७१, होटल ७.४४, विकास बैंक १.४३, जलविद्युत् ६.३९ र वित्त क्षेत्र २.४३ बिन्दुले बढेको छ । 

यस्तै निर्जीवन बीमा ६२.६३, उत्पादन २.३३, अन्य ८.९९, माइक्रोफाइनान्स ८.९२ र जीवन बीमा २३.४७ विन्दुले घटेको छ । स्टकका अनुसार आज साल्ट ट्रेडिङ कर्पोरेशन र प्रभु बैंकका लगानीकर्ताले कमाएका छन् भने कालिका लघुवित्त वित्तीय संस्था र स्वरोजगार लघुवित्त विकास बैंकका लगानीकर्ताले गुमाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता