५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नुवाकोट दरबारको पुनःनिर्माण अनिश्चित

७ आश्विन २०७५, आईतवार १७:३९

असोज ७, नुवाकोट (रासस) | विसं २०७२ मा भूकम्पको कारण ढल्ने अवस्थामा पुगेको नुवाकोट दरबारको पुनर्निर्माण कहिले देखि शुरु हुने टुङ्गो लाग्न नसकेको सरकारी अधिकारीले बताएका छन् । 

नुवाकोट दरबारमा काष्ठकला, पत्थर कला तथा धातु कला सम्बन्धी तालीमको आज उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले नुवाकोट दरबारको पुनःनिर्माण कहिलेबाट शुरु हुने टुङ्गो नलागेको बताउनुभयो । 

सचिव देवकोटाले राष्ट्रिय महत्वको सम्पदा पुनःनिर्माण चाँडै नै थालिने बताउनुभयो । चिनियाँसँग बसेर टुङ्गो लगाउन बाँकी छ’ सचिव देवकोटाले भन्नुभयो ‘ठूलो लगानी भएकोले उनीहरुले पनि तयारी गर्दैछन् । 

नुवाकोट दरबार क्षेत्रका सम्पदाको पुनःनिर्माणको क्रममा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले तालीम सञ्चालन गरिएको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख अर्जुन फुँयालले बताउनुभयो । 

पुनःनिर्माणको क्रममा काष्ठ कला, धातु कला र पत्थर कलामा पोख्त जनशक्तिको खाँचो पर्ने भएकोले स्थानीय रुपमा सिकर्मी, डकर्मीको काम गर्दै आएकालाई तालीममा सहभागी गराइएको कार्यालयले जनाएको छ । १५ दिनसम्म सञ्चालन हुने तालीममा ४५ जनाको सहभागिता छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता