२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नुवाकोट दरबारको पुनःनिर्माण अनिश्चित

२०७५, ७ आश्विन आईतवार १७:३९

असोज ७, नुवाकोट (रासस) | विसं २०७२ मा भूकम्पको कारण ढल्ने अवस्थामा पुगेको नुवाकोट दरबारको पुनर्निर्माण कहिले देखि शुरु हुने टुङ्गो लाग्न नसकेको सरकारी अधिकारीले बताएका छन् । 

नुवाकोट दरबारमा काष्ठकला, पत्थर कला तथा धातु कला सम्बन्धी तालीमको आज उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले नुवाकोट दरबारको पुनःनिर्माण कहिलेबाट शुरु हुने टुङ्गो नलागेको बताउनुभयो । 

सचिव देवकोटाले राष्ट्रिय महत्वको सम्पदा पुनःनिर्माण चाँडै नै थालिने बताउनुभयो । चिनियाँसँग बसेर टुङ्गो लगाउन बाँकी छ’ सचिव देवकोटाले भन्नुभयो ‘ठूलो लगानी भएकोले उनीहरुले पनि तयारी गर्दैछन् । 

नुवाकोट दरबार क्षेत्रका सम्पदाको पुनःनिर्माणको क्रममा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले तालीम सञ्चालन गरिएको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख अर्जुन फुँयालले बताउनुभयो । 

पुनःनिर्माणको क्रममा काष्ठ कला, धातु कला र पत्थर कलामा पोख्त जनशक्तिको खाँचो पर्ने भएकोले स्थानीय रुपमा सिकर्मी, डकर्मीको काम गर्दै आएकालाई तालीममा सहभागी गराइएको कार्यालयले जनाएको छ । १५ दिनसम्म सञ्चालन हुने तालीममा ४५ जनाको सहभागिता छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर