५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

उर्थु– लासी सडकखण्ड तीन महीनादेखि बाटो अवरुद्ध

१० आश्विन २०७५, बुधबार ०४:०१

असोज १०, खलङ्गा, जुम्ला (रासस) | अविरल वर्षापछि आएको पहिरोका कारण उर्थु– लासी सडकखण्ड तीन महीनादेखि बन्द छ । पातारासी गाउँपालिकाको उर्थुदेखि डिल्लीचौरको लासी बजारसम्म ठाउँ ठाउँमा पहिरोले सडक भत्काएको छ । 

सो सडकखण्डमा यातायात सेवा ठप्प छ । सर्वसाधारणलाई पैदल हिँड्न समेत समस्या भएको छ । लामो समयदेखि सडक बन्द हुँदा पनि सम्बन्धित निकायको ध्यान जान सकेको छैन । “सडक बनाउन कसैले चासो देखाएका छैनन्,” पातारासी गाउँपालिका–५ का विर्षबहादुर बुढाले भन्नुभयो । सो क्षेत्रका व्यापारीले भरियामार्फत सामान ढुवानी गर्दै आएका छन् । 

“दैनिक उपभोग्य वस्तुको अभाव भएको छ, सामान महङ्गो भएको छ,” पातारासी–५ का मुनबहादुर बुढाले भन्नुभयो । वर्षात्को समय भएकाले लगातर पहिरो खसेका कारण सडक बनाउन ढिलाइ भएको पातारासी गाउँपालिकाका अध्यक्ष लछीमन रोकायाको भनाइ छ । बाटोमा ठूल्ठूला ढुङ्गा खसेका छन् । पहिरो खस्ने डरले सडक तत्काल बनाउन कठिनाइ भइरहेको रोकायाले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता