२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दार्चुलामा विद्युतीकरणका लागि साढे चार करोड विनियोजन

१२ आश्विन २०७५, शुक्रबार ०३:५४

असोज १२, दार्चुला | चालू आर्थिक वर्षमा दार्चुलामा विद्युतीकरणका लागि रु साढे चार करोड बजेट विनियोजन भएको छ । 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जिल्लामा एचटी एलटी लाइन निर्माण तथा ट्रान्सफर्मर जडानका लागि रु चार करोड ६० लाख बजेट विनियोजन भएको हो । 

विद्युतीकरण भएका तथा नभएका क्षेत्रमा रकम विनियोजन भएको छ । जिल्लामा हालसम्म राष्ट्रिय विद्युत्को प्रसारण नपुगेको अपी हिमाल गाउँपालिका, मार्मा गाउँपालिका र नौगाड गाउँपालिकाका लागि रु एक/एक करोड बजेट विनियोजन गरिएको छ । 

यस्तै शैल्यशिखर नगरपालिकाको मल्चौरादेखि बनतोलीसम्म विद्युतीकरणका लागि रु १५ लाख, मालिकार्जुन र लेकम गाउँपालिकामा विद्युतीकरणका लािग रु १५ लाख बजेट विनियोजन भएको छ । दुहू गाउँपालिकामा विद्युतीकरणका लागि रु ३० लाख तथा महाकाली नगरपालिका र शैल्यशिखर नगरपालिकामा विद्युतीकरणका लागि रु एक करोड बजेट विनियोजन भएको ऊर्जामन्त्री वर्षमान पुनका स्वकीय सचिवालयका जनसम्पर्क अधिकृत मञ्जु वमले जानकारी दिनुभयो । दार्चुलाको व्यास गाउँपालिकाका लागि भने विद्युतीकरणमा बजेट विनियोजन भएको छैन् । व्यास गाउँपालिकामा मन्त्रालयको बजेट छुटेको रहेछ उहाँले भन्नुभयो, व्यासको लागि पहल भइरहेको छ । बजेट नपुगेको क्षेत्रमा तत्काल प्रदेशमा पठाइएको बजेटबाट सम्बोधन गरिने उहाँले बताउनुभयो । 

मन्त्रायबाट प्रदेशका लागि रु ६० करोड बजेट विनियोजन भएको छ । पहिलो चरणमा रु ३८ करोड तथा थप बजेट माग भएपछि रु २२ करोड बजेट थपिएको छ । दुवै बजेटबाट प्रदेश नम्बर ७ का ९ वटै जिल्लामा बजेट विनियोजन गरिने बमले बताउनुभयो । जसअनुसार दार्चुलाको थप रु ५ करोड बजेट छुट्टिनेछ । 

सङ्घीय मन्त्रालयबाट विनियोजित बजेट सिधै गाउँपालिकाले सम्बन्धित शीर्षकमा खर्च पाउनेछन् । दार्चुलाको यसअघि विद्युतीकरणको शुरुवात नभएको क्षेत्रको लागि पहिलो चरणमा बढि बजेट विनियोजन गरिएको अधिकृत बमले बताउनुभयो । नौगाड अपिमा हालसम्म राष्ट्रिय विद्युत लाइन विस्तारको काम शुचारु भएको छैन् । मार्मा दुहुँ लेकमलगायतका अन्य गाउँपालिकामा गत वर्षबाट विद्युतीकरणको काम शुरुवात भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला