२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दार्चुलामा विद्युतीकरणका लागि साढे चार करोड विनियोजन

२०७५, १२ आश्विन शुक्रबार ०३:५४

असोज १२, दार्चुला | चालू आर्थिक वर्षमा दार्चुलामा विद्युतीकरणका लागि रु साढे चार करोड बजेट विनियोजन भएको छ । 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जिल्लामा एचटी एलटी लाइन निर्माण तथा ट्रान्सफर्मर जडानका लागि रु चार करोड ६० लाख बजेट विनियोजन भएको हो । 

विद्युतीकरण भएका तथा नभएका क्षेत्रमा रकम विनियोजन भएको छ । जिल्लामा हालसम्म राष्ट्रिय विद्युत्को प्रसारण नपुगेको अपी हिमाल गाउँपालिका, मार्मा गाउँपालिका र नौगाड गाउँपालिकाका लागि रु एक/एक करोड बजेट विनियोजन गरिएको छ । 

यस्तै शैल्यशिखर नगरपालिकाको मल्चौरादेखि बनतोलीसम्म विद्युतीकरणका लागि रु १५ लाख, मालिकार्जुन र लेकम गाउँपालिकामा विद्युतीकरणका लािग रु १५ लाख बजेट विनियोजन भएको छ । दुहू गाउँपालिकामा विद्युतीकरणका लागि रु ३० लाख तथा महाकाली नगरपालिका र शैल्यशिखर नगरपालिकामा विद्युतीकरणका लागि रु एक करोड बजेट विनियोजन भएको ऊर्जामन्त्री वर्षमान पुनका स्वकीय सचिवालयका जनसम्पर्क अधिकृत मञ्जु वमले जानकारी दिनुभयो । दार्चुलाको व्यास गाउँपालिकाका लागि भने विद्युतीकरणमा बजेट विनियोजन भएको छैन् । व्यास गाउँपालिकामा मन्त्रालयको बजेट छुटेको रहेछ उहाँले भन्नुभयो, व्यासको लागि पहल भइरहेको छ । बजेट नपुगेको क्षेत्रमा तत्काल प्रदेशमा पठाइएको बजेटबाट सम्बोधन गरिने उहाँले बताउनुभयो । 

मन्त्रायबाट प्रदेशका लागि रु ६० करोड बजेट विनियोजन भएको छ । पहिलो चरणमा रु ३८ करोड तथा थप बजेट माग भएपछि रु २२ करोड बजेट थपिएको छ । दुवै बजेटबाट प्रदेश नम्बर ७ का ९ वटै जिल्लामा बजेट विनियोजन गरिने बमले बताउनुभयो । जसअनुसार दार्चुलाको थप रु ५ करोड बजेट छुट्टिनेछ । 

सङ्घीय मन्त्रालयबाट विनियोजित बजेट सिधै गाउँपालिकाले सम्बन्धित शीर्षकमा खर्च पाउनेछन् । दार्चुलाको यसअघि विद्युतीकरणको शुरुवात नभएको क्षेत्रको लागि पहिलो चरणमा बढि बजेट विनियोजन गरिएको अधिकृत बमले बताउनुभयो । नौगाड अपिमा हालसम्म राष्ट्रिय विद्युत लाइन विस्तारको काम शुचारु भएको छैन् । मार्मा दुहुँ लेकमलगायतका अन्य गाउँपालिकामा गत वर्षबाट विद्युतीकरणको काम शुरुवात भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर