२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

लमहीको राप्ती नदीमा पक्की पुल निर्माण हुने, ६० करोड बजेट विनियोजन

२०७५, १२ आश्विन शुक्रबार ०४:२९

असोज १२, लमही (रासस) | लमहीको राप्ती नदीमा पक्की पुल निर्माण हुने भएको छ । 

लमही नगरपालिका–८ सतबरिया र राजपुर गाउँपालिका–३ कालीपुर जोड्ने सडकअन्तर्गत राप्ती नदीमा पक्की पुल निर्माण गर्न सडक विभागले रु ६० करोड बजेट विनियोजन गरेको छ । पाँच वर्षभित्र निर्माण गरिसक्ने गरी अनक कन्स्ट्रक्सन प्रालिले ठेक्का लिएको इञ्जिनियर यादव बस्यालले जानकारी दिनुभयो । 

पाँच सय २० मिटर लम्बाई रहेको उक्त पुलको ‘सतबरिया बक्स गदर पुल’ नामकरण गरिएको छ । इञ्जिनियर बस्यालका अनुसार सात वटा पायर दुई ‘एभ्रमेन्ट’ रहेको पुलको दशैँ अगाडि फाइलिङ गरिसक्ने र तिहारपछि निर्माण कार्यलाई तीब्रता दिइनेछ । 

पुल निर्माण नहुँदा त्यस क्षेत्रका बासिन्दाले जोखिम मोलेर डुङ्गाबाट वारपार गर्नुपर्ने बाध्यता रहेको थियो । पुल निर्माणपछि त्यो समस्या अन्त्य हुने लमही–८ का विजय चौधरीले बताउनुभयो । 

“यसअघि डुङ्गाबाट जोखिम यात्रा गर्नुपर्ने बाध्यता थियो” उहाँले भन्नुभयो “पुल बनेपछि सडक पनि आवतजावत गर्न सहज र पैदल यात्रुलाई पनि सहज हुनेछ ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर