२०८२, ५ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

शेयर बजारमा दोहोरो अंकले घट्यो

२०७५, १७ आश्विन बुधबार १०:४२

असोज १७, काठमाडौँ  | धितोपत्र बजारमा आज शेयरको मूल्यमा दोहोरो अङ्कले घटेको छ । मङ्गलबार सामान्य अङ्कले बढेको बजार आज भने दोहोरो अङ्कले घटेर नयाँ बिन्दुमा झरेको हो । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १० दशमलब ७६ बिन्दुले घटेर एक हजार २३० दशमलब ६० बिन्दुमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोवार मापक सेन्सेटिभ परिसूचक समेत २ दशमलब ३९ बिन्दुले घटेर २६१ दशमलब १ बिन्दुमा पुगेको छ । 

नेप्से परिसूचक मात्रै नभई कारोवार रकममा समेत आज घटेको छ । कूल १६५ कम्पनीको १४ लाख ३६ हजार ५१२ कित्ता शेयर रु ३७ करोड ४० लाख ४९ हजार ८७५ मूल्यमा खरीद बिक्री भएको छ । 

स्टकका अनुसार कूल ११ उपसमूहमध्ये दुई उपसमूहको शेयर भने बढेको छ । बाँकी रहेका नौ उपसमूहको भने शेयर घटेको छ । व्यापार ४ दशमलब २२ र होटल ५ दशमलब ५६ बिन्दुले बढ्दा बैंकिङ १० दशमलब १२, विकास बैंक ११ दशमलब ५२, जलविद्युत् १५ दशमलब १४, वित्त ३ दशमलब ३३, निर्जीवन बीमा ५१ दशमलब ३८, उत्पादन ६ दशमलब ५२, अन्य ८ दशमलब ७५, माइक्रोफाइनान्स ९ दशमलब ७५ र जीवन बीमा ३७ दशमलब ४५ बिन्दुले घटेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध