५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्रमा पर्ने गौरादह खुला दिसामुक्त घोषणा

२२ आश्विन २०७५, सोमबार ०४:१९

असोज २२, भद्रपुर (रासस) | प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रअन्तर्गत पर्ने गौरादह नगरपालिका बल्ल आइतबार खुला दिसामुक्त नगर घोषणा भएको छ । 

१२ हजार १४८ घरधुरी रहेको गौरादह नगरपालिकामा अभियान अघि सात हजार ७५१ घरधुरीमा सुरक्षित शौचालयको पहुँच रहेको थियो भने अभियानका क्रममा चार हजार ३९७ घरधुरीमा सुरक्षित शौचालयको निर्माण गरी खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको हो । 

ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमको सहयोगमा सहारा नेपालले खुला दिसामुक्त अभियानको सहजीकरण गरेको थियो । भीआइपीहरूको नगरपालिकाको रूपमा चिनिने गौरादह झापाको दशौँ स्थानीय तहको रूपमा खुला दिसामुक्त घोषणा भएको छ । 

गौरादह प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्रसँगै अर्थमन्त्री डा युवराज खतिवडा, महान्यायाधिवक्ता अग्नि खरेल, प्रदेश नं १ का कानून तथा आन्तरिक मामिलामन्त्री हिक्मत कार्कीलगायतका विशिष्ट व्यक्तिहरूको गृहनगर हो । 

कार्यक्रममा जिल्ला समन्वय समिति झापाकी उपप्रमुख एवं जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति झापाकी उपाध्यक्ष मीना पराजुलीले जिल्लालाई खुला दिसामुक्त घोषणा गरी यसै महीनादेखि पूर्णसफाइ अभियान अघि बढाइने बताउनुभयो । 

कार्यक्रममा नगरपालिका प्रमुख रोहितकुमार साहले गौरादह खुला दिशामुक्त नगर घोषणामा ढिलाइ भए पनि सरसफाइ प्रवद्र्धनमा अन्य स्थानीय तहका लागि नमूना बनाउने प्रतिबद्धता जनाउनुभयो । खुला दिसामुक्त अभियानमा सहयोग गर्ने सङ्घसंस्था, निकाय र अभियानकर्ताका साथै आफ्नै लगानीमा सुरक्षित चर्पी बनाउने घरधुरीलाई सो अवसरमा सम्मान गरिएको थियो । 

१५ स्थानीय तह रहेको झापा जिल्लामा यही असोज २२ गते दमक र २४ गते कचनकवल घोषणा हुँदैछन् । जिल्लामा खुला दिसामुक्त घोषणा गर्नका लागि हल्दिबारी गाउँपालिका तथा भद्रपुर र मेचीनगर नगरपालिका मात्र बाँकी रहेको ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमका संयोजक विनोद शर्माले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता