२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

शेयर बजार: सामान्य सुधार

२०७५, २२ आश्विन सोमबार १०:२०

असोज २२, काठमाडौँ | धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ६.१६ बिन्दुले बढेर एक हजार २२०.५२ बिन्दुमा पुगेको छ । 

लगातार घट्दै आएको बजारमा सुधार भए पनि कारोवार रकममा भने गिरावट आएको छ । कूल १६३ कम्पनीको १४ लाख ५१ हजार ५७२ कित्ता शेयर रु ३७ करोड १६ लाख ५६ हजार ९२३ मूल्यमा खरीद बिक्री भएको छ । ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक भने १.२९ बिन्दुले बढेर २५८.८२ बिन्दुमा पुगेको छ । कूल दश उपसमूहमध्ये आज दुई उपसमूहको शेयर घटेको छ भने आठ उपसमूहको शेयरमा वृद्धि भएको छ । अन्य समूह ३.९५ र जीवन बीमा ४.७१ बिन्दुले घटेको छ । बैंकिङ ७.६१, होटल ४८.४३, विकास बैंक ११.८७, जलविद्युत् एक, फाइनान्स १.९२, निर्जीवन बीमा ३०.५, उत्पादन १३.५६, माइक्रो फाइनान्स ९.०२ बिन्दुले बढेको छ । 

स्टकका अनुसार नाडेप, सेन्ट्रल फाइनान्स लिमिटेड, श्री इन्भेस्टमेन्ट फाइनान्स कम्पनीका लगानीकर्ताले कमाएका छन् भने मन्जुश्री फाइनान्स लिमिटेड र न्यादी ग्रुप पावर कम्पनीका शेयरधनीले भने आज गुमाएका छन् । नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७४÷७५ मा गरेको मुनाफाबाट पाँच प्रतिशत नगद लाभांश दिने भएको छ । सो आवमा संस्थाले रु ४१ लाख नौ हजार ३३५ मुनाफा गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु