२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रघुगङ्गा गाउँपालिका–३ पिप्लेमा स्वास्थ्य चौकी भवन निर्माण

२०७५, २३ आश्विन मंगलवार ०३:३६

असोज २३, म्याग्दी (रासस) | रघुगङ्गा गाउँपालिका–३ पिप्लेमा स्वास्थ्य चौकी भवन निर्माण गरिएको छ । शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले करीब रु एक करोड ७० लाखको लागतमा सो भवन निर्माण गरेको हो । 

मुक्तिनाथ बिएन जेभीले ठेक्कामार्फत २०७२ पुसमा उक्त भवन निर्माण थालेको थियो । भवनको पूर्वाधार निर्माण गरेर डिभिजनमार्फत स्वास्थ्य चौकी व्यवस्थापन समितिलाई हस्तान्तरणको तयारी भइरहेको बिएन कन्सट्रक्सनका सञ्चालक नारायण जिसीले बताउनुभयो । उन्नाइस कोठाको दुई तले भवनमा प्रशासनिक, स्वास्थ्यकर्मी आवास, बिरामी उपचार कक्ष, औषधि भण्डार कक्षको छुट्टा/छुट्टै व्यवस्था गरिएको छ । 

पिप्ले स्वास्थ्य चौकीबाट रघुगङ्गा गाउँपालिका–३ का बासिन्दाले सेवा लिँदै आएका छन् । हस्तान्तरणपछि नयाँ भवनबाट सेवा प्रवाह गरिने वडाध्यक्ष जीवन मल्लले बताउनुभयो । शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका इञ्जिनीयर गणेश मर्हजनले मालिका गाउँपालिका–४ च्युरीबोट, मङ्गला गाउँपालिका–३ बरङ्जा र अन्नपूर्ण गाउँपालिका–८ राम्चेमा निर्माण गरिएको स्वास्थ्य चौकी भवनसमेत हस्तान्तरणको तयारी भइरहेको बताउनुभयो । 

देवीस्थान, घार र कुहुँ स्वास्थ्य चौकीको भवन निर्माण अन्तिम चरणमा पुगेको छ । हिस्तान, कुइनेमङ्गले, मल्कवाङ र पुलाचौर स्वास्थ्य चौकी भवन निर्माणाधीन अवस्थामा छ । गत आर्थिक वर्षमा बिम र भगवती स्वास्थ्य चौकीको भवन निर्माण गरिएको थियो । यस्तै सदरमुकाम बेनीस्थित बेनी अस्पतालको पचास शय्या क्षमताको भवन निर्माणाधीन अवस्थामा छ । अस्पताल परिसरमा दुई चिकित्सक र स्वास्थ्यकर्मी आवास भवनको निर्माण अन्तिम चरणमा पुगेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर