२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नौ अङ्कले घट्यो शेयर बजार

२०७५, ८ कार्तिक बिहीबार १०:२०

कात्तिक ८, काठमाडौँ | धितोपत्र बजारमा शेयरको मूल्य आज आठ दशमलब ८२ बिन्दुले घटेको छ । बुधबार बढेर केही राहत दिएको भए पनि आज भने घटेर नयाँ बिन्दुमा पुगेको हो । 

कारोवार मापक नेप्से परिसूचक करीब नौ अङ्कले घटेर एक हजार २४१ दशमलब ११ बिन्दुमा पुगेको हो । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत दुई दशमलब १८ बिन्दुले घटेर २६४ दशमलब ०१ बिन्दुमा पुगेको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज कूल १५६ कम्पनीको नौ लाख ४८ हजार ५९३ कित्ता शेयर रु २७ करोड ७१ लाख ८२ हजार ८९८ मूल्यमा खरीद बिक्री भएको छ । कारोवार भएका कूल दश उपसमूहमध्ये आज एक उपसमूहको मात्रै शेयर कारोवारमा वृद्धि भएको छ । उत्पादन समूह ४९ दशमलब ५६ बिन्दुले बढ्दा बैंकिङ नौ दशमलब ४३, होटल ३६ दशमलब ९४, विकास बैंक तीन दशमलब ६२, जलविद्युत् ११ दशमलब शून्य ६, वित्त दुई दशमलब २३, निर्जीवन बीमा ४० दशमलब २४, अन्य नौ दशमलब २७, माइक्रोफाइनान्स ६ दशमलब ४५ र जीवन बीमा १२ दशमलब ३९ बिन्दुले घटेको छ । 

छ्याङदी हाइड्रोपावर, कन्काई विकास बैंक, युनिलिभर नेपाल लिमिटेडका लगानीकर्ताले कमाएका छन् भने बरुण हाइड्रोपावर कम्पनी, रैराङ हाइड्रो पावर कम्पनी र समता माइक्रोफाइनान्स कम्पनीका लगानीकर्ताले भने आज गुमाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ