२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

उद्योग खोल्न स्थानीय तहको चासो

२०७५, १४ कार्तिक बुधबार ०२:०८

कातिक १४, तेह्रथुम (रासस) | जिल्लाका स्थानीय तहले दुग्ध प्रशोधन उद्योग खोल्न चासो देखाएका छन् । विभिन्न स्थानमा उत्पादित दूध प्रशोधन गर्ने उद्योग सञ्चालन गरेर किसानलाई सहयोग गर्न जिल्लाका सबै स्थानीय तहका जनप्रतिनिधि सहमत भएका हुन् । 

कतिपय स्थानीय तहले चालू आर्थिक वर्षमा दुग्ध प्रशोधन उद्योगका लागि बजेट विनियोजन समेत गरेका छन् । राष्ट्रिय सहकारी महासङ्घ नेपालले म्याङलुङमा आयोजना गरेको ‘सहकारीमा प्रभावकारी दूध आपूर्ति शृङ्खला व्यवस्थापन गोष्ठी’ मा किसान र व्यवसायीसँग छलफल गर्दै स्थानीय तहका जनप्रतिनिधिले उनीहरुका समस्या सुल्झाउन प्रतिबद्धता जनाएका हुन् । लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुन माबुहाङले नगरपालिकाले सहकारी नीति बनाइसकेको र तिनको प्रवद्र्धन गर्दै दुग्ध क्षेत्रलाई व्यावसायिक बनाउन सहयोग गर्ने बताउनुभयो । 

छथर गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बूले आफ्नो गाउँपालिका दूधको पकेट क्षेत्र भएकाले ब्लकको रूपमा विकास गर्न विशेष कार्यक्रम तय गरिएको बताउनुभयो । उहाँले गाउँपालिकाले कृत्रिम गर्भाधान, उन्नत जातको घाँसको खेती प्रबद्र्धन, दानामा ढुवानी अनुदानलगायतका कार्यक्रममार्फत दुग्ध क्षेत्रको प्रवद्र्धन गर्न थालिएको बताउनुभयो । म्याङलुङ नगरपालिका तथा मेन्छ्यायेम, फेदाप र आठराई गाउँपालिकाका प्रतिनिधिले समेत दुग्ध क्षेत्रलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए । मेन्छ्यायेम गाउँपालिका–५ का वडाध्यक्ष शिवनाथ खापुङले किसानलाई दुग्ध क्षेत्रमा विकास गर्न सहयोग पुर्याउने कार्यक्रम तय गरिएको जानकारी दिनुभयो ।

गाउँपालिका क्षेत्रमा चिस्यान केन्द्र निर्माण गरी दूध बिक्री गर्न लागिएको उहाँको भनाइ थियो । स्थानीय तहका जनप्रतिनिधिले दूध र दुग्धजन्य वस्तु छुर्पी, चीज र घिउको कारोवारबाट जिल्लाको समृद्धि सम्भव रहेको बताए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ