२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तेह्रथुम अस्पताललाई ५० शय्या बनाइने

२०७५, १७ कार्तिक शनिबार ०३:४९

कात्तिक १७, तेह्रथुम (रासस) | तेह्रथुम अस्पताललाई आवश्यक पूर्वाधार र अत्याधुनिक उपकरणसहित सुविधायुक्त ५० शय्याको अस्पतालमा स्तरोन्नति गरिने भएको छ । 

नवनिर्मित स्वास्थ्य कार्यालय भवन उद्घाटनका क्रममा प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले उक्त अस्पताललाई स्तरोन्नति गरिने र यसका लागि चालु आर्थिक वर्षमै प्रदेश सरकारबाट रु एक करोड ३० लाख विनियोजन गरिएको बताउनुभयो । 

सङ्घीय संरचना अनुरुप प्रदेश नं १ सरकार मातहतमा तेह्रथुम र सङ्खुवासभा जिल्लालाई कार्य क्षेत्र बनाइ उक्त कार्यालय स्थापना भएको र यसले दुबै जिल्लाका स्थानीय तह र प्रदेश सरकारसँग समन्वय गरेर काम गर्ने भएको छ । 

कार्यालयले महामारी रोग निन्यत्रण तथा विगतमा जिल्ला जनस्वास्थ्य कार्यालयले गर्दै आएका केही महत्वपूर्ण कार्यसमेत गर्ने प्रदेश नं १ स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य निर्देशक सागर दाहालले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन