२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

घट्दै अमेरिकी डलरको भाउ, आजको भाउ कति ?

२०७५, १९ कार्तिक सोमबार ०३:०५

कात्तिक १९, काठमाडौं | अमेरिकी डलरको भाउ ओरालो लागेर साढे दुई महिनाअघिको हाराहारीमा आइपुगेको छ । केही दिनयता विस्तारै घट्न थालेको डलर भाउ आइतबार र सोमबार एक अमेरिकी डलर बराबर बिक्रीदर १ सय १६ रुपैयाँ २० पैसा रहेको छ भने खरिददर ११६ रुपयाँ ६० पैसा रहेको छ । 

साढे दुई महिनाअघि असोज ८ गते एक अमेरिकी डलर बराबर १ सय १५ रुपैयाँ ८२ पैसामा रहेको थियो थियो । मुलुकको केन्द्रीय बैंकले सोमबारको लागि तोकेको विनिमय दर अनुसार गत शुक्रबार १ सय १७ रुपैयाँ ८३ पैसा पुगेको थियो । गत असोज २४ गते इतिहासमै पहिलो पटक डलर भाउ १ बराबर १ सय १९ रुपैयाँ ३३ पैसासम्म पुगेर कीर्तिमान राखेको थियो ।

डलर भाउ जति बढ्दै जान्छ, नेपाली रुपैयाँ त्यति नै कमजोर हुने गर्छ । त्यसयता यसको भाउ उतारचढावपूर्ण रहँदै आएको छ । 

त्यस्तै आजको बिदेशी मुद्राको दररेट अनुसार १ युरो बराबर खरिद दर १३१.६४ र बिक्रीदर १३२.३२ रहेको छ । त्यस्तै आज १० जापनिज ऐन बराबर खरिददर १०.२१ र बिक्रीदर १०.२६ रहेको छ । त्यस्तै १ कतारी रियाल बराबर खरिददर ३१.७५ र बिक्रीदर ३१.९२ रहेको छ । 

त्यस्तै आज १ युएई दिह्रामको खरिददर ३१.४७ र बिक्रीदर ३१.६४ रहेको छ । त्यस्तै १ मलेसियन रिंगिटको खरिददर २७.७७ र बिक्रीदर २७.९२ रहेको छ । 

त्यस्तै आज दक्षिण कोरियाको १०० को खरिददर १०.३४ र बिक्रीदर १०.३९ रहेको छ  ।

त्यस्तै आज १ कुवेती दिनारको खरिददर ३८०.५३ र बिक्रीदर ३८२.५० रहेको छ । यता १ बहराइन दिनारको खरिद मूल्य ३०६.६४ हुँदा बिक्रि मूल्य ३०८.२३ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा