२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

धितोपत्र बोर्डद्वारा एक अर्ब ८८ करोडको आइपिओ बिक्री गर्न अनुमति

२०७५, २० कार्तिक मंगलवार ११:५८

रमेश लम्साल । कात्तिक २०, काठमाडौँ । नेपाल धितोपत्र बोर्डले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा रु एक अर्ब ८८ करोड रकम बराबरको साधारण शेयर (आइपिओ) बिक्रीका लागि अनुमति दिएको छ । बोर्डले आफ्नो पछिल्लो विवरण सार्वजनिक गर्दै तीन जलविद्युत् कम्पनी र एक लघुवित्त संस्थालाई साधारण शेयर बिक्रीका लागि अनुमति दिएको जनाएको हो । 

चालू आवको हालसम्म २५ वटा सङ्गठित संस्थाले साधारण शेयर बिक्रीको अनुमतिका लागि बोर्डमा आवेदन दिएका छन् । साधारण शेयर बिक्रीको अनुमतिको प्रक्रियामा रहेकामध्ये १० सङ्गठित संस्थाको निवेदन प्रारम्भिक पुनरावलोकनको प्रक्रियामा रहेका छन् । दुई संस्थालाई थप कागजात पेश गर्न सूचित गरिएको छ । 

यस्तै प्रक्रियाका चार लघुवित्त वित्तीय संस्थालाई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को व्यवस्थाबमोजिम हुने गरी साधारण शेयर निष्काशन गर्न सूचित गरिएको बोर्डका प्रवक्ता नीरज गिरीले जानकारी दिनुभयो । 

बोर्डका अनुसार एक संस्थाकोे विवरणपत्र अध्ययन गरी आवश्यक सुधार एवं संशोधन गर्न लेखेर पठाइएको तथा यस अवधिमा सात सङ्गठित संस्थाले बोर्डको राय सुझावबमोजिम विवरणपत्रमा आवश्यक संशोधन गरी जवाफ पेश गरेका छन् । त्यसरी प्राप्त जवाफको पुनरावलोकन गरी तीन संस्थालाई राय सुझावबमोजिम विवरणपत्रमा सुधार गरी पुनःपेश गर्न भनिएको बोर्डले जनाएको छ । 

आवेदन दिएकामध्ये साधारण शेयर बिक्रीका लागि आवेदन दिएका गर्जाङ उपत्यका हाइड्रोपावर, लाफिङ बुद्ध पावर र युनिक हाइडेल कम्पनीलाई आवश्यक कागजात तथा प्रक्रिया पूरा गर्न बोर्डले भने पनि लामो समयसम्म ती संस्थाले कुनै प्रतिक्रिया दिएका छैनन् । चालू आवको पहिलो त्रैमासमा ११ सङ्गठित संस्थाले साधारण शेयर बिक्री गर्न भन्दै निवेदन दिएका छन् । 

गत आवको सोही अवधिमा १९ सङ्गठित संस्थाको निवेदन अनुमतिको प्रक्रियामा रहेका थिए । सोही अवधिमा दुई सङ्गठित संस्थाले हकप्रद शेयर निष्काशन गर्न निवेदन दिएका छन् । गत आवको सोही अवधिसम्ममा जम्मा ३१ सङ्गठित संस्थाको हकप्रद शेयर निष्काशन अनुमतिसम्बन्धी निवेदन प्रक्रियामा रहेका थिए । अधिकांश बैंक तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी पु¥याइसकेको देखिएकाले हकप्रद शेयर निष्काशनमा कमी आएको छ । 

प्रक्रियामा रहेकामध्ये यस अवधिमा तीन लघुवित्त वित्तीय संस्थालाई रु १६ करोड ९० लाख रकम बराबरको हकप्रद शेयर निष्काशन गर्न अनुमति दिइएको बोर्डको भनाइ छ । त्यस्तै हकप्रद शेयर बिक्री गर्न अनुमति माग गरेका छ संस्थाको हकप्रद शेयर निष्काशनसम्बन्धी व्यवस्था तथा विवरण अध्ययन गरी आवश्यक सुधार गर्न पत्राचार गरिएको छ । 

हकप्रद निष्काशनको प्रक्रियामा रहेकामध्ये अपि पावर कम्पनीले हालसम्म अद्यावधिक विवरण पेश नगरेको बोर्डको भनाइ छ । गत आवमा सोही अवधिमा जम्मा १४ कम्पनीलाई रु पाँच अर्ब ९८ करोड बराबरको हकप्रद निष्काशन गर्न बोर्डले अनुमति दिएको थियो । बोर्डले चालू आवको तीन महीनामा दुई सङ्गठित संस्थालाई रु तीन अर्ब ८३ करोड रकम बराबरको ऋणपत्र सार्वजनिक निष्काशन गर्न अनुमति दिएको छ । गत आवको सोही अवधिमा ऋणपत्र निष्काशन गर्न कुनै पनि सङ्गठित संस्थाले निवेदन पेश गरेका थिएनन् । 

त्यसैगरी बोर्डले १७ सङ्गठित संस्थालाई रु पाँच अर्ब ७६ करोड रकम बराबरको बोनस शेयर दर्ता गर्न स्वीकृति दिएको छ । सार्वजनिक निष्काशन प्रक्रियालाई अनुमति दिने प्रक्रियालाई छिटो छरितो सम्पन्न गर्न बोर्डले ‘धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३’ तथा ‘धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका २०७४’ ले तोकेका विवरण तथा कागजात प्राप्त भएको मितिले सात दिनभित्र निवेदन दिन र सो निवेदन प्राप्त भएको पाँच दिनभित्र अनुमति दिने गरिएको प्रवक्ता गिरीले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा