२०८२, ५ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रातो मछिन्द्रनाथको मन्दिर पुनःनिर्माणमा ढिलाइ

२०७५, २७ कार्तिक मंगलवार ०८:४७

सञ्चिता घिमिरे | कात्तिक २७, ललितपुर | तोकिएको अवधिमा ठेकेदार कम्पनीले काम पूरा नगरेपछि बुङ्गमतिस्थित रातो मछिन्द्रनाथ मन्दिरको पुनःनिर्माणमा ढिलाइ भएको छ । 

विसं २०७२ को भूकम्पले मन्दिर क्षतिग्रस्त बनेको थियो । त्यही वर्ष माघ २ गते प्रधानमन्त्री केपी शर्मा ओलीले पुनःनिर्माणको शुरुआत यहीँबाट गर्नुभएको थियो । मन्दिरको पुनःनिर्माण भने ठेकेदार कम्पनीले निर्माण सामग्रीको अभावलगायतका कारण देखाएर ढिलाइ गरेको हो । निर्माणमा प्रयोग भएको इँटामा अङ्ग्रेजी लेखिएको भन्दै स्थानीयवासीसमेत असन्तुष्ट बनेका थिए । 

श्रीलङ्का सरकारको सहयोगमा निर्माणाधीन यो मन्दिर सम्झौता अनुसारको अवधिमा नसकिएपछि पुरातत्व विभागले म्याद थप गरेको हो । गत जुलाईमा म्याद सकिएपछि विभागले छ महीना अवधि थप गरेको पाटन स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख काजीमान प्याकुरेलले बताउनुभयो । थप भएको अवधिमा समेत काम सम्पन्न हुने देखिएको छैन । उहाँले भन्नुभयो, “पहिले भन्दा थपिएको अवधिमा कामको गति केही बढेको छ, तर सकिने छाँटकाँट छैन ।” 

प्रेरा भेगिम तुल्सी जेभीले मन्दिर निर्माणको जिम्मेवारी लिएको छ । गत जुलाईमा दुई वर्षको ठेक्का सम्झौताको अवधि सकिएको हो । केही दिन पहिले पुनःनिर्माणको प्रगति हेर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको टोली बुङ्गमति पुगेको थियो । प्राधिकरण पुगेपछि पनि ठेकेदारले केही तदारुकता देखाउन थालेको छ । पहिलोपटक थप भएको अवधिमा कामले गति लिँदा मात्रै दोस्रोपटक म्याद थप हुने विभागले जनाएको छ । जुन गतिमा काम हुनुपर्ने हो त्यो नभइरहेको उहाँले बताउनुभयो । ठेकेदार कम्पनीले काम नदेखिए पनि काम भइरहेको बताएको प्रमुख प्याकुरेलले बताउनुभयो । उहाँले भन्नुभयो, “त्यसैले पनि उसले केही काम प्राङ्गणमा नै गर्न लागेको छ ।” 

शिखरशैलीको यो मन्दिरमा ३६ फिट लामो काठको खाँचो पर्छ । एउटै काठबाट बनाउन नसकिने हुनाले तीन वटासम्म जोडेर बनाउन सकिने प्रमुख प्याकुरेलले बताउनुभयो । सहजरुपमा उपलब्ध नहुने हुँदा कार्यालयले पहिले यो काठ ल्याउन ठेकेदारलाई भनिरहेको छ । उहाँले भन्नुभयो, “यो काठ ल्याएर तोकिएको आकारको बनाउन थाले काम चाँडो हुन्छ भन्नेमा विश्वास गर्न सकिन्थ्यो ।” 

एक तलाको मन्दिर र त्यस माथि शिखरशैली भएकामा पहिलो तलामा केही काम भइसकेको छ भने केही भइरहेको छ । मन्दिरको गजुरको मर्मतको काम बाँकी छ । मन्दिरमा ढुङ्गाको खम्बा उठाइएको छ । चार दिशामा रहेको मूल ढोकाको मर्मत सकिएको छ । सरसफाइ गर्न बाँकी रहेको छ । स्थानीयवासीले ढोकामा पहिले आफूखुशी रङ लगाएर ढोकाको स्वरुप बिग्रिएको थियो । त्यसलाई सुधार्ने काम अहिले भइरहेको छ । पर्खाल उठाइसकेको प्याकुरेलले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिलो तलामा भन्दा पनि शिखरशैलीमा काम चाँडो गर्न आवश्यक छ ।” 

मूल ढोकाको मर्मतको काम सकिएकाले पहिले जडान गरेर मात्रै सफाइ गर्ने ठेकेदार कम्पनीको योजना रहेको बताइएको छ । स्थानीयवासीलाई मन्दिरको काम भइरहेको छ भन्ने देखाउन जडान गरेर सफाइ गर्न लागिएको हो । उपत्यकाको सबैभन्दा लामो जात्राका रुपमा रहेको मत्स्यन्द्रनाथको जात्रा मानिन्छ । जावलाखेलमा भोटो जात्रा सकिएपछि देवतालाई यही मन्दिरमा राख्ने गरिन्छ । देवता बुङ्गमतिमा रहँदा विभिन्न पर्व पर्छन् । पुनःनिर्माणमा ढिलाइ हुँदा यहाँका नियमित पर्वमासमेत असर परेको स्थानीयवासीले बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध