२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मोरङको क्षेत्र नम्बर १ मा चार करोडका १९ वटा योजना छनोट

२०७५, १ मंसिर शनिबार ०६:०६

मङ्सिर १, मोरङ  | सङ्घीय सांसद क्षेत्र विकास कोषअन्तर्गत मोरङ क्षेत्र नम्बर १ मा १९ वटा योजना छनोट गरिएको छ । 

क्षेत्र विकास कोष सञ्चालन निर्देशिका अनुसार सडक, नदी नियन्त्रण एवं भौतिक पूर्वाधारका योजना छनोट गरिएको जिल्ला समन्वय समिति मोरङले जनाएको छ । छनोटमा परेका योजनामा केराबारी गाउँपालिकामा केराबारी– सिन्दूरे समला पार्टी गाउँ सडक स्तरोन्नतिका लागि रु ५० लाख, फाइवा– फुर्केटार सडक निर्माणका लागि रु १४ लाख, लोहन्द्रा नदी तटबन्धका लागि रु १५ लाख, साँघुटार खोला कल्भर्ट निर्माणका लागि रु ११ लाख, खदम क्याम्पसको भौतिक निर्माणका लागि रु १० लाख विनियोजन गरिएको छ । 

यसैगरी लेटाङ नगरपालिकामा बुद्ध मार्ग घिमिरे टोलदेखि धराने चोकसम्मको सडक कालोपत्रका लागि रु ५० लाख, तछुवा खानेपानी योजनाका लागि रु २५ लाख, लेटाङ बहुमुखी क्याम्पसको भौतिक निर्माणका लागि रु १५ लाख र चिसाङ गङ्गाघाट मलामी विश्राम निर्माणका लागि रु १० लाख विनियोजन गरिएको छ । 

मिक्लाजुङ गाउँपालिकामा मधुमल्ला बजार पुछारबाट बयरडाँगी सडक स्तरोन्नतिका लागि रु ५० लाख, बेलटारबाट कोलुङ झरना जाने सडक स्तरोन्नतिका लागि रु १० लाख, सङ्गम चोक–तोरीबारी सडक कालोपत्रका लागि रु १५ लाख, सैनिक क्याम्प हात्तीमारा–चौतारा सडक स्तरोन्नतिका लागि रु १५ लाख र नाइटेपानी सामुदायिक वन छेउ ड्रेन निर्माणसहित सडक स्तरोन्नतिका लागि रु १० लाख विनियोजन गरिएको छ । 

यसैगरी उर्लाबारी नगरपालिकामा उर्लाबारी– ८ र ९ दुर्गापुरी बजार पूर्व वडा कार्यालयसम्म र पश्चिमतर्फ रातेहोली कल्भर्टसम्म कालोपत्रे गर्न रु ५० लाख, बेतिनी सिमसार भौतिक पूर्वाधार निर्माणका लागि रु १५ लाख, उर्लाबारी बहुमुखी क्याम्पस भौतिक निर्माणका लागि रु १० लाख, उर्लाबारी–४ शान्तिमार्ग साझेदारी सडक कालोपत्रका लागि रु १५ लाख र उर्लाबारी–४ छाताचोक पश्चिम साझेदारी ड्रेन निर्माणका लागि रु १० लाख विनियोजन गरिएको सांसद घनश्याम खतिवडाले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से