२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नुवाकोटको कालिकाकोटमा भ्यूटावर निर्माण अधुरै

२०७५, ५ मंसिर बुधबार ०५:५३

मङ्सिर ५, बेत्रावती | नुवाकोटको विदुर नगरपालिका–२ महामण्डलस्थित कालिकाकोटमा भ्यूटावर एवं ‘हरियाली पार्क’ निर्माण कार्य अधुरै रहेको छ । स्थानीयवासीले रकम हिनामिना गरेको आरोप लगाएपछि आर्थिक वर्ष २०६८÷६९ मा निर्माण थालिएको सो कार्य हालसम्म बन्द छ । 

नुवाकोटको नामाकरण गरिएका नौ कोटमध्ये १ नं कालिकाकोटमा निर्माण शुरु गरिएको ३३ फिट अग्लो भ्यूटावर बनाउन छुट्याएको रकमबारे नगरपालिका, उपभोक्ता समिति र निर्माण व्यवसायीबीच विवाद भएको हो । हालसम्म सो बारेमा सम्झौता हुन नसकेको विदुर नगरपालिका–२ का वडाध्यक्ष वीरेन्द्रकुमार शाहीले बताउनुभयो । 

तत्कालीन स्थानीय विकास मन्त्रालयअन्तर्गतको जगेडाकोष र उपभोक्ताको साझेदारी अनुसार भ्यूटावर निर्माण थालिए पनि तीनै पक्षबीच सहमति नजुट्दा काम रोकिएको हो । कोषको जनसहभागितामा आधारित बजेट कार्यक्रममार्फत नगरपालिकाले रु २१ लाख ७५ हजार र उपभोक्ता समितिले रु आठ लाख रकम थप गरी निर्माण थालिएको थियो । सो कार्यका लागि उपभोक्ता समितिमा स्थानीय समाजसेवी रामकृष्ण बानियाँ र निर्माण व्यवसायी सूर्यगढी गाउँपालिका–१ लच्याङका बुद्ध तामाङ रहनुभएको थियो । उपभोक्ता समिति र निर्माण व्यवसायीले तोकिएको रकम खर्च भएको दाबी गरे पनि नगरपालिकाले टावर निर्माणको काम पारदर्शी ढङ्गले नगरेको भन्दै रु १० लाख ४० हजार मात्र निकासा गरेको थियो । बाँकी रकम अझैसम्म भुक्तानी गरिएको छैन । 

विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले निर्माणको क्रममा व्यवसायीको टावरको संरचना बिगारेको र गुणस्तरीय सामग्री प्रयोग नगरेको उजुरी आएपछि रकम निकासा रोकेको जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु