२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पुल्चोक वितरण केन्द्रले छ लाख बक्यौता उठायो

२०७५, ११ मंसिर मंगलवार ०८:५५

मङ्सिर ११, काठमाडौँ | नेपाल विद्युत् प्राधिकरण पुल्चोक वितरण केन्द्रले पछिल्लो दुई दिनमा रु तीन लाख ४२ हजार १९६ बराबरको बक्यौता असुल गरेको छ । प्राधिकरणका सूचना अधिकारी लीला अर्यालका अनुसार प्राधिकरणले यही मङ्सिर ८ गतेदेखि १० गतेसम्म सो वितरण केन्द्रअन्तर्गत रहेका बक्यौता नतिर्ने १० ग्राहकको लाइन काटी उक्त परिमाणको रकम असुली गरेको हो । 

विशेष गरी शहरी तथा सुगम क्षेत्रमा नै विद्युत् महसुल बक्यौता राख्ने र भुक्तानी गर्न अटेर गर्ने प्रवृत्ति बढेपछि प्राधिकरणले लाइन काटन थालेको जनाएको छ । यस्तै सोही वितरण केन्द्रले यही मङ्सिर ४ गतेदेखि ७ गतेसम्म २० ग्राहकको लाइन काटी रु दुई लाख ६० हजार ८१६ बराबरको बक्यौता असुल गरेको छ । 

नियमितरूपमा महसुल नतिर्ने ग्राहकलाई पहिलो चरणमा जानकारी दिने र सचेत गराउने गरिएको जानकारी दिँदै प्राधिकरणले अटेर गर्ने ग्राहकको भने लाइन काट्न थालेको हो । यस्तै विद्युत् चोरी तथा चुहावट नियन्त्रणमा समेत प्राधिकरणले अभियानात्मक रूपमा नै प्रक्रिया अगाडि बढाएको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन