६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विकासको पथमा लम्कँदै नेपालगञ्ज

१५ मंसिर २०७५, शनिबार ०३:०९

मङ्सिर १५, नेपालगञ्ज (रासस) | नेपालगञ्ज उपमहानगरपालिका भौतिक पूर्वाधार र सामाजिक विकासको पथमा विस्तारै अघि बढदै गएको छ । उपमहानगरपालिकाले चालु आर्थिक वर्षको बजेटलाई विभिन्न शीर्षकमा छुट्याएर प्राथमिकताका आधारमा सानाठूला विकास योजनाको काम वडा तहसम्म सञ्चालन गर्दै आएको छ । 

“हामीले बजेटका आधारमा योजना छुट्याएर विकास निर्माणको काम सञ्चालन गर्दै आएका छौँ”, वडाध्यक्ष वीरेन्द्रबहादुर शाहको भनाइ छ । पक्की बाटो, ढल निकास, नाला, खानेपानी, विद्यालयको भौतिक पूर्वाधार, रानीतलाउ पार्क, चिल्ड्रेन पार्कलगायतको संरचनाको जीर्णोद्धार र नयाँ निर्माणलगायतका लागि उपमहानगरपालिकाले बजेट छुट्याएको छ । 

त्यसैगरी, सीमान्तकृत र पछाडि पारिएका समुदायको सामाजिक विकासका लागि पनि सीप र रोजगारसमबन्धी कार्यक्रम उपमहानगरपालिकाले सञ्चालन गर्दै आएको छ । “पछाडि परेका क्षेत्र र समुदायलाई विकासको मूलप्रवाहमा ल्याउन बजेट र कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ”, उपप्रमुख उमा थापामगरको थप भनाइ छ, “ठूलाठूला नगरस्तरीय योजना नेपालगन्ज उपमहानगरपालिकाले सञ्चालन गर्ने र वडास्तरीय योजनाका लागि वडा कार्यालयलाई नै जिम्मा दिइएको छ ।” 

उपमहानगरपालिकामा चार वर्षदेखि एशियाली विकास बैंकको सहयोगमा शहरी विकास योजनाअन्तर्गत बाटो, नाला, ढल निकास, खानेपानी र विद्युत् विस्तारको काम भइरहेको छ । यी योजनाबाट नेपालगञ्जको सडक चौडा भएका छन् भने वर्षायाममा हुने डुबान समस्याबाट पनि नेपालगञ्ज मुक्त भएको छ । 


“स्थानीय तहमा वर्षौसम्म जनप्रतिनिधि नहुँदा कर्मचारीले नगरको विकासका लागि ठोस काम केही गरेनन्, तर अहिले अवस्था फेरिएको छ । नगरपालिका जनप्रतिनिधिले एकैपटक सबै काम गर्न नसके पनि प्राथमिकताका आधारमा विकास निर्माणका काम क्रमशः हुँदै गएका छन्”, नगरप्रमुख डा धवलशमशेर राणाको भनाइ छ । 

नेपालगञ्ज उपमहानगरपालिकामा कृषि विकासको सम्भावना पनि प्रशस्त छ । सङ्घीय संरचनाको क्रममा थपिएका थप छ वडावासीको मुख्य व्यवसाय कृषि नै भएकाले कृषि विकासको सम्भावना देखिएको हो । कूल २३ वडा रहेको उपमहानगरपालिका पूर्वी र उत्तरी क्षेत्रका बासिन्दा कृषि पेशामै आवद्ध भएकाले कृषि उत्पादन र कृषिजन्य व्यवसायको राम्रो सम्भाव्यता रहेको वडाध्यक्ष शाह बताउनुहुन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता