६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

थामियो शेयर बजार

१७ मंसिर २०७५, सोमबार ११:१३

मङ्सिर १७, काठमाडौँ | आइतबार फराकिलो अन्तरले घटेको शेयर बजार आज भने थामिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बजार सामान्य विन्दुले बढेको हो । 

कारोवार मापक नेप्से परिसूचक शून्य दशमलव नौ अङ्कले बढेर एक हजार १३१ दशमलव ७३ विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक भने शून्य दशमलव शून्य छ विन्दुले घटेको छ । 

घटेको बजारमा कारोवार रकममा भने वृद्धि भएको छ । कूल १५६ कम्पनीको २१ लाख ३९ हजार ३४८ कित्ता शेयर रु ६३ करोड ७९ लाख ५४ हजार ९४८ मा खरीद बिक्री भएको छ । स्टकका अनुसार कारोवार भएका कूल ११ उपसमूहमध्ये चार उपसमूहको शेयर कारोवारमा वृद्धि भएको छ भने सात उपसमूहको कारोवार घटेको छ । 

विकास बैंक चार दशमलव सात, निर्जीवन बीमा ९२ दशमलव एक, अन्य शून्य दशमलव ४३ र जीवन बीमा कम्पनी १३ दशमलव ५७ विन्दुले बढेको छ । यस्तै बैंकिङ शून्य दशमलव दुई सात, व्यापार एक दशमलव १८, होटल दुई दशमलव शून्य चार, जलविद्युत् दुई दशमलव एक सात, वित्त एक दशमलव ८२, उत्पादन नौ दशमलव दुई एक, माइक्रोफाइनान्स आठ दशमलव ३१ विन्दुले घटेको छ । 

बजारमा विजय लघुवित्त वित्तीय संस्था, सप्तकोशी डेभलपमेन्ट बैंक, युनाइटेड मोदी हाइड्रोपावरका लागानीकर्ताले कमाएका छन् । यस्तै रैराङ हाइड्रो पावर कम्पनी, मल्टिपर्पोज फाइनान्स कम्पनी, ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्था, गरिमा विकास लघुवित्त वित्तीय संस्थालगायतका शेयरधनीले गुमाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता