२०८२, २८ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बैतडीका दुई दर्जन वडा सडकविहीन

२०७५, ७ पुष शनिबार ०३:२१

पुस ७, बैतडी | स्थानीय तहमा जनप्रतिनिधि आएको एक वर्ष बढी भइसक्दा पनि बैतडीका करीब दुई दर्जन वडा कार्यालय सडकविहीन छन् ।चार नगरपालिका र छ गाउँपालिका गरी १० स्थानीय तहका ८४ वडामध्ये २२ वडा अझै पनि सडकविहीन रहेका र दुई स्थानीय तहका केन्द्रमा समेत सडक पुगेको छैन । \

सिगास गाउँपालिका र डिलाशैनी गाउँपालिकाका केन्द्रमा सडक पुग्न नसकेको सम्बन्धित स्थानीय तहले जनाएका हुन् । जिल्लाको सबैभन्दा विकट सिगास गाउँपालिकाको वडा नं १, २ र ३ बाहेक अन्य सबै वडामा सडक सञ्जाल नपुगेको गाउँपालिका अध्यक्ष हरिसिंह धामीले जानकारी दिनुभयो । 

यस्तै पुचौर्डी नगरपालिकाकाको वडा नं २, ३, ४, ८ र ९ वडा कार्यालयमा सडक पुग्न नसकेको नगरपालिकाका प्रवक्ता गौतमप्रसाद भट्टले बताउनुभयो । डिलाशैनी गाउँपालिकाको वडा नं १, ४ र ७ को वडा कार्यालय र पाटन नगरपालिकाको १, ५ र ७ नं वडा कार्यालय सडकविहीन छ भने सुर्नया गाउँपालिकाको ६, ७ र ८ मा पनि सडक नपुगेको गाउँपालिका अध्यक्ष वीरबहादुर विष्टले उल्लेख गर्नुभयो । 

मेलौली नगरपालिकाको वडा नं ४ र दोगडाकेदार गाउँपालिकाको वडा नं १ को कार्यालय पनि सडकविहीन छ । 

दशरथचन्द नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका सबै वडामा सडक सुविधा रहेको सम्बन्धित स्थानीय तहले जनाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ