६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बैतडीका दुई दर्जन वडा सडकविहीन

७ पुष २०७५, शनिबार ०३:२१

पुस ७, बैतडी | स्थानीय तहमा जनप्रतिनिधि आएको एक वर्ष बढी भइसक्दा पनि बैतडीका करीब दुई दर्जन वडा कार्यालय सडकविहीन छन् ।चार नगरपालिका र छ गाउँपालिका गरी १० स्थानीय तहका ८४ वडामध्ये २२ वडा अझै पनि सडकविहीन रहेका र दुई स्थानीय तहका केन्द्रमा समेत सडक पुगेको छैन । \

सिगास गाउँपालिका र डिलाशैनी गाउँपालिकाका केन्द्रमा सडक पुग्न नसकेको सम्बन्धित स्थानीय तहले जनाएका हुन् । जिल्लाको सबैभन्दा विकट सिगास गाउँपालिकाको वडा नं १, २ र ३ बाहेक अन्य सबै वडामा सडक सञ्जाल नपुगेको गाउँपालिका अध्यक्ष हरिसिंह धामीले जानकारी दिनुभयो । 

यस्तै पुचौर्डी नगरपालिकाकाको वडा नं २, ३, ४, ८ र ९ वडा कार्यालयमा सडक पुग्न नसकेको नगरपालिकाका प्रवक्ता गौतमप्रसाद भट्टले बताउनुभयो । डिलाशैनी गाउँपालिकाको वडा नं १, ४ र ७ को वडा कार्यालय र पाटन नगरपालिकाको १, ५ र ७ नं वडा कार्यालय सडकविहीन छ भने सुर्नया गाउँपालिकाको ६, ७ र ८ मा पनि सडक नपुगेको गाउँपालिका अध्यक्ष वीरबहादुर विष्टले उल्लेख गर्नुभयो । 

मेलौली नगरपालिकाको वडा नं ४ र दोगडाकेदार गाउँपालिकाको वडा नं १ को कार्यालय पनि सडकविहीन छ । 

दशरथचन्द नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका सबै वडामा सडक सुविधा रहेको सम्बन्धित स्थानीय तहले जनाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता