२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

हुलाकी राजमार्ग: नौ किलोमिटर कालोपत्रे

२०७५, १३ पुष शुक्रबार ११:३५

दीपक बोहोरा | पुस १३, लमही | हुलाकी राजमार्ग अन्तर्गत दाङको लमही–कोइलावास सडक खण्डमा नौ किलोमिटर मात्रै सडक कालोपत्रे गरिएको छ । गएको ३० महीनामा ३३ किलोमिटर सडक कालोपत्रे गर्नुपर्ने भएपनि काम शुरु भएको डेढवर्षसम्म नौ किलोमिटर मात्रै सडक कालोपत्रे भएको इञ्जिनीयर मुकेश शाहले बताउनुभयो । 

“तीस महीनामा काम सक्ने गरी सम्झौता भएको हो, डेढवर्ष वितिसक्यो उहाँले भन्नुभयो, अब एक वर्ष मात्रै बाँकी छ, तर काम गर्नुपर्ने धेरै छ ।” सडकका संरचना नहटाउँदा काममा ढिलाइ भएको उहाँको भनाइ छ । 

अहिले लमहीदेखि नौ किलोमिटर सडकमा रहेका विद्युत्को पोल, तार, खानेपानीका पाइप, नेटका तार नहटाउँदा काम अघि बढउन समस्या भएको उहाको भनाइ छ । यी संचरना हटाए दुई महीनाभित्रै त्यस क्षेत्रको कालोपत्रे गर्ने काम पूरा गर्ने उहाँको भनाइ छ । सडक निर्माण कामलाई तीव्रता दिन दैनिक तीनसय मजदुरले राति १० बजेसम्म काम गरेकाले दैनिक ५÷६ मिटर सडक कालोपत्रे गर्ने गरेको भएपनि बीचबीचमा हुने अवरोधले ढिलाइ भएको उहाँको भनाइ थियो । 

उहाँका अनुसार अहिले पाँच किलोमिटर सडक चौंडा बनाउने काम भइरहेको छ । सबै कालोपत्रे गर्ने काम यही पुस महीनाभित्रै सक्नुपर्ने भए पनि सडकका संरचना, मुआब्जा वितरण जस्ता कारणले कामले गति लिन नसकेको उहाँको भनाइ थियो । अहिले बीचबीचमा कलवर्ट, पर्खाल, कज्वे निर्माणको काम जारी रहेको उहाँले बताउनुभयो । 

लमही गढवासम्म ८ किलोमिटर क्षेत्रमा बसोवास गर्ने नागरिकलाई मुआब्जा वितरणमा ढिलाइ हुँदा पनि काम अगाडि बढ्न नसकेको उहाँको भनाइ छ । दाङ खण्डमा कालोपत्रे गर्न करीब रु ६६ करोड बजेट लाग्ने अनुमान गरिएको छ । कालीका कुमार जेभिले निर्माणको जिम्मा लिएको छ । हुलाकी सडकको चौडाइ सात मिटर हुने उहाँको भनाइ छ । 

१७ करोड बढी मुआब्जा वितरण 

हुलाकी राजमार्ग अन्तर्गत लमही–कोइलावास सडकमा रु १७ करोड बढी मुआब्जा वितरण गरिसकेको जिल्ला प्रशासन कार्यालय दाङले जानकारी दिएको छ ।जिल्ला प्रशासन कार्यालय दाङका सहायक प्रमुख जिल्ला अधिकारी गणेश आचार्यका अनुसार रु १७ करोड १९ लाख तीन हजार ७५६ मुआब्जा वितरण गरिसकिएको छ । अहिलेसम्म १६७ घरपरिवारलाई मुआब्जा वितरण गरिसकेको उहाँले बताउनुभयो । नापी र मालपोत कार्यालयको फाइलका आधारमा कागजपत्र मिलेकाले मुआब्जा पाइसकेको उहाँले बताउनुभयो । 

मालपोत र नापी कार्यालयबाट आएका सबै फाइलको भुक्तानी गरिसकिएको उहाँले बताउनुभयो । अहिले ३० वटा फाइल प्रक्रियामा रहेको समेत आचार्यले बताउनुभयो । मालपोत र नापी कार्यालयबाट फाईल तयार हुन ढिला भएकाले मुआब्जा वितरण पनि ढिला भएको उहाँको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै