२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

साताको शेयर बजारमा चार अर्बको कारोवार

२०७५, १४ पुष शनिबार ११:४९

पुस १४, काठमाडौँ | धितोपत्र बजारमा धेरै पछि कारोवार रकममा उल्लेख्य वृद्धि भएको छ । 

पछिल्ला दिनमा कारोवार रकम अर्ब माथि पुग्न नसकेको कारोवार रकम यस साता झण्डै रु चार अर्बको हाराहारीमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार यस साता रु रु तीन अर्ब ९१ करोड ७७ लाख २७ हजार ७३१ मूल्य बराबरको शेयर कारोवार भएको छ । 

कूल पाँच दिन खुलेको बजारमा कारोवार मापक नेप्से परिसूचक १७ बिन्दुले उकालो लागेको छ । कारोवार हुने पहिलो दिन आइतबार बजार ३२ दशमलव २४ बिन्दुले बढेको थियो । कारोवार रकमसमेत उच्च अङ्कले शुरु भई बजारमा उत्साह देखिएको थियो । 

नेपाल स्टक एक्सचेञ्जकाअनुसार उक्त दिन रु ८८ करोड २१ लाख बराबरको कारोवार भएको थियो । साताभर बजार भने उतार चढावपूर्ण रह्यो । आइतबार उच्च बिन्दुले बढेको शेयर बजार सोमबार भने छ दशमलव ४५ अङ्कले घट्यो । 

सो दिन कारोवार मापक नेप्से परिसूचक शून्य दशमलव ५४ प्रतिशतले घटेर एक हजार १९१ दशमलव ७४ बिन्दुमा झ¥यो । स्टकका अनुसार सोमबार कूल १६८ कम्पनीको २२ लाख ७६ हजार १७५ कित्ता रु ७९ करोड ८७ लाख १८ हजार ५३ मूल्यमा खरीद बिक्री भए । 

मङ्गलबार पनि धितोपत्र बजारमा शेयरको मूल्य ओरालो लाग्यो । कारोवार मापक नेप्से परिसूचक पाँच दशमलव ७१ बिन्दुले घटेर एक हजार १८६ दशमलव शून्य तीन बिन्दुमा झ¥यो । सो दिन कूल १६५ कम्पनीको १२ लाख ४१ हजार ८४३ कित्ता शेयर रु ४२ करोड १३ लाख १६ हजार ७२३ मूल्यमा खरीद बिक्री भए । 

बुधबार भने बजारमा उच्च अङ्कको वृद्धि देखियो । कारोवार मापक नेप्से परिसूचक ३० दशमलव २६ विन्दुले बढेर एक हजार २१६ दशमलव २७ बिन्दुमा पुग्यो । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ६ दशमलव ४१ बिन्दुले बढेर २५८ दशमलव ८२ बिन्दुमा पुग्यो । 

स्टकका अनुसार कूल १७३ कम्पनीको १९ लाख १०३ कित्ता शेयर रु ६९ करोड २६ लाख २३ हजार ७४६ मूल्यमा खरीद बिक्री भए । बिहिबार भने नेप्से परिसूचक घटे पनि कारोवार रकममा भने वृद्धि भयो । सो दिन कूल १७४ कम्पनीको २८ लाख ७२ हजार ५५१ कित्ता शेयर रु एक अर्ब १२ करोड २९ लाख ६९ हजार २०९ मूल्यमा खरीद–बिक्री भए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ